Friday, October 30, 2026
Home राजनीति नेकपा ‘सी पथ’मा गयो भनेर बौद्धिकहरुले अबौद्धिक तर्क गरेः प्रधानमन्त्री

नेकपा ‘सी पथ’मा गयो भनेर बौद्धिकहरुले अबौद्धिक तर्क गरेः प्रधानमन्त्री

174
फाइल तस्बिर

असोज १६,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सी पथ अनुशरण गर्यो भनिनुको कुनै अर्थ नरहेको बताएका छन् । उनले नेकपा सी पथमा गयो भनेर ‘बौद्धिकहरुको अबौद्धिक तर्क’ गरेको पनि बताए । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले कसैको सिद्धान्तबारे सुन्दैमा त्यही सिद्धान्त अनुशरण गरेको भन्न नमिल्ने बताए ।

नेकपाको आफ्नै सिद्धान्त र विचार रहेको उल्लेख गर्दै उनले भने, ‘हिजो मेरो कुरा सुन्नु भयो होला, महात्मा गान्धीको विचारबारे लामो बोलेँको थिएँ, मैले माहात्मा गान्धीको विचारबारे बोलेँ भन्दैमा उनकै विचार लागू हुन्छ त रु’ उनले थपे, ‘हाम्रो आफ्नै विचार छ । वौद्धिकहरुले अबौद्धिक तर्क गरेका मात्रै हुन् । हामीले कसैको कुरा भन्दैमा त्यसको विचार अँगाल्ने भन्ने हुँदैन ।’

उनले नेपाल र चीनको आ–आफ्नै मौलिक सिद्धान्त रहेको पनि बताए । अर्को प्रसंगमा ओलीले चिनियाँ प्रधानमन्त्री सी जिनपिङको नेपाल भ्रमण आपसी मित्रतालाई बलियो बनाउनमा केन्द्रीत रहने बताए । उनले सरकारले छिमेकीसँग सन्बन्धलाई उच्च प्राथमिकतामा साथ अघि बढाउन चाहेको पनि सो क्रममा बोलाए ।रातोपाटी