Thursday, October 8, 2026
Home अपराध नदी किनारमा हत्यागरी फालेको अवस्थामा महिलाको शव फेला, बलात्कारपछि हत्याको आशंका

नदी किनारमा हत्यागरी फालेको अवस्थामा महिलाको शव फेला, बलात्कारपछि हत्याको आशंका

362

असोज १६,
जनकपुरधाम । महोत्तरीमा मागेर खाने एक महिलाको बलात्कार गरी हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका १० थापाटोल स्थिति मरहा नदी किनारमा हत्यागरी फालेको अवस्थामा आज बिहान अन्दाजी ३५र४० वर्षकी महिलाको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा महिलाको कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयले बताएको छ । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले महिलाको हत्या भएपनि मेडिकल रिपोर्ट आएपछि मात्र बलात्कार भएको हो वा होइन भन्ने भन्न सकिने बताए । उनका अनुसार विहान १० बजेतिर खबर आएपछि अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिहरको छ । मृतक महिलाको मुख बाँधेको छ भने शरिरमा र छेउछाउ रगतको थोपाहरु देखिन्छ । सुस्त मनस्थितिकी महिला स्थानीय गाउँघरमा मागेर खाने गरेकी थिइन् ।