नदी किनारमा हत्यागरी फालेको अवस्थामा महिलाको शव फेला, बलात्कारपछि हत्याको आशंका

340

असोज १६,
जनकपुरधाम । महोत्तरीमा मागेर खाने एक महिलाको बलात्कार गरी हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका १० थापाटोल स्थिति मरहा नदी किनारमा हत्यागरी फालेको अवस्थामा आज बिहान अन्दाजी ३५र४० वर्षकी महिलाको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा महिलाको कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयले बताएको छ । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले महिलाको हत्या भएपनि मेडिकल रिपोर्ट आएपछि मात्र बलात्कार भएको हो वा होइन भन्ने भन्न सकिने बताए । उनका अनुसार विहान १० बजेतिर खबर आएपछि अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिहरको छ । मृतक महिलाको मुख बाँधेको छ भने शरिरमा र छेउछाउ रगतको थोपाहरु देखिन्छ । सुस्त मनस्थितिकी महिला स्थानीय गाउँघरमा मागेर खाने गरेकी थिइन् ।