‘लक्ष्मी बम्ब’मा महिलाको भुमिकामा देखिए अक्षय कुमार

355

एजेन्सी, असोज १६,
काठमाडौं । अक्षय कुमारको हरर कमेडी फिल्म ‘लक्ष्मी बम्ब’ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अक्षय महिलाको भेषमा प्रस्तुत भएका छन् । अक्षय यो फिल्ममा पहिलो पटक महिलाको भुमिकामा देखिदैछन् । सार्वजनिक तस्विरमा उनी दुर्गाको मुर्ती अगाडी उभिएका छन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘नवरात्रीको सम्बन्ध आफु भित्रको शक्ति र आफ्नो अपार क्षमताको उत्सव मनाउने हो । यो पवित्र अवसरमा लक्ष्मीको रुपमा आफ्नो लुक सार्वजनिक गर्दैछु । यस्तो भुमिकाको लागि म उत्साहित छु र नर्भस पनि छु । तर, जीवनको त्यो सुरुवात हुनेछ, जहाँ आफ्नो आरामदायक जिन्दगीको अन्त्य हुन्छ।। हैन रु’

राघव लोरेन्सले निर्देशन गरेको फिल्ममा अक्षयसँगै कियारा आडवाणीको पनि मुख्य भुमिका रहेको छ । यो फिल्म अर्को वर्ष ५ जुनमा प्रर्दशन हुनेछ ।