Thursday, August 6, 2026
Home Blog Page 1269
असोज २०, काठमाडौं । कार दुर्घटना गराएका फरार भएका चालकलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २६ चिवाल स्थित सडक खण्डमा बा८०प ६१०० नम्बरको मोटरसाइकललार्इ ठक्कर दिई फरार रहेका बा १०च ३००२ नम्बरका कार चालक टक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गोपाल माझीको उपचारको क्रममा...
असोज १९, काठमाडौं ।सभामुख रहेकै बेलामा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति पाएसँगै महरालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको हो। महराले संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको थियो।गत आइतबार रोशनीको...
असोज १९, काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा निष्पक्ष छानबिन गर्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेका छन्।अध्यक्ष प्रचण्डले आइतबार बिहान गृहमन्त्री थापालाई आफ्नो निवास खुमलटारमा बोलाएर उक्त प्रकरणको निष्पक्ष छानबिन गर्न आग्रह गरेको बताइएको छ। प्रचण्डको सचिवालय स्रोतले भन्यो,...
असोज १९, काठमाडौं । वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ। उनको ६१ वर्षको उमेरमा शनिबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।उनी कलेजोसम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। केहि दिन अगाडी वीर अस्पतालमा उनको उपचार भएको थियो। उपचारपछि घर फर्किएका आचार्यलाई पुनः सो समस्याले च्यापेपछि शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।नेपाल टेलिभिजनमा २०४४ सालबाट सेवा सुरू गरेका...
असोज १९ , काठमाडौं । खुलामञ्चलाई स्थायी बसपार्क बनाउने योजनाका साथ ढलान गर्न थालेपछि स्थानीयबासीले अवरोध गरेका छन् ।सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित आइतबार विहान खुलामञ्च पुगेका स्थानीयबासीहरुले जस्ताको बार भत्काएका हुन् । उनीहरुले भर्खर गरिएको ढलानमा गाडी कुदाएर भड्काएका छन् ।यो संरचना भ्यू टावरका ठेकदार मनोज भेटवालले बनाएका...
असोज १९, काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्।बडादशैंको आठौँ दिन आइतबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ।आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा...
असोज १८,विराटनगर । मोरङ प्रहरीले ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले केराघारीमा लुकाएको अवस्थामा ४३ थान विष्फोट पदार्थ जिलेटिन बरामद गरेको हो ।मोरङका विभिन्न स्थानमा बम विष्फोट गराएको आरोपमा पक्राउ परेका विप्लव समूहका कार्यकर्तामाथि अनुसन्धान गर्ने क्रममा मोरङको बुढीगंगा गाउँपालिका ७ धरहरा स्थित रत्नकुमार डागीको केराघारीमा लुकाएर राखेको...
-सरु बस्नेत सबको घर उल्लासमय बनोस् दसैँ तिहार हाँसो र खुसीसाथ मनाइयोस् दसैँ तिहार ।घाँटी हेरेर हाड निल्नुपर्छ बुद्धिमानी यही नहुनेका घरमा पनि आओस् दसैँ तिहार ।जस्तो छ त्यस्तैमा चित्त बुझाउने बाध्यता ॠणमा डुब्ने बाध्यता नपरोस् दसैँ तिहार ।शिरमा जमरा र रातो टीका लगाएर मान्ने आशीष थाप्ने विशेष पर्व होस् दसैँ तिहार ।दिदीभाइको पर्व,सप्तरङ्गी टीका ,मखमली अझै हर्षोल्लासका साथ बितोस् दसैँ तिहार ।।  निजगढ, बारा
असोज १८, सप्तरी । जिल्लाको लालपुरमा बहुला स्यालको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन्। जिल्लाको खडक नगरपालिका–११ लालपुरमा शुक्रबार राति एक्कासी गाउँ पसेको बहुला स्यालले आक्रमण गर्दा स्थानीय ४० वर्षीया गुलावीदेवी रौनियार, २५ वर्षीया अमेरिकादेवी साह, ओमप्रकाश साह र आड वर्षीय छोरा गोविन्द साहलगायत अन्य दुई गरी छ घाइते भएको स्थानीयवासी वीरेन्द्र साहले जानकारी दिए। घाइते ...
असोज १८, काठमाडौं । काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बा ३ ख २३५९ नम्बरको मिनी बस तीब्र गतिका दुर्घटना भएको हो । मृत्यु हुनेको सनाखत भएको छैन भने घाइतेलाई धुलिखेल पठाइएको छ ।