खुलामञ्चमा बार भत्काएर भर्खर गरेको ढलानमा गाडी गुड्यो

302

असोज १९ ,
काठमाडौं । खुलामञ्चलाई स्थायी बसपार्क बनाउने योजनाका साथ ढलान गर्न थालेपछि स्थानीयबासीले अवरोध गरेका छन् ।

सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित आइतबार विहान खुलामञ्च पुगेका स्थानीयबासीहरुले जस्ताको बार भत्काएका हुन् । उनीहरुले भर्खर गरिएको ढलानमा गाडी कुदाएर भड्काएका छन् ।

यो संरचना भ्यू टावरका ठेकदार मनोज भेटवालले बनाएका थिए । यसका लागि महानगरले अनुमति दिएको उनको दाबी छ । तर उपमेयर खड्गीले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन् ।

वडाध्यक्ष खड्गी भन्छन्, ‘उहाँले महानगरले अनुमति दिएको छ भन्नुभयो तर, त्यो पत्र देखाउनसक्नु भएन

अहिले दशैंको मौका छोपेर खुलामञ्चमा कालोपत्रे गर्न खोजिएको थियो । बाहिरबाट नदेखिने गरी जस्ताले बारेर कालोपत्रे गर्न खोजिएको थियो ।

खुलामञ्च राजनीतिक तथा समाजिक संघसंस्थाले कार्यक्रम गर्ने थलोका रुपमा थियो । तर काठमाडौं महानगरपालिकाले बसपार्कमा भ्यू टावर बनाउने ठेक्का दिँदै खुलामञ्चलाई अस्थायी रुपमा बसपार्क बनाइएको थियो ।onlinekhabar.com