Friday, August 7, 2026
Home Blog Page 1263
असोज २७, रुकुमपूर्व । अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन्। बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ।शनिबार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर १२ जनाले...
नेपाल समाचारपत्र असोज २७, टोकियो । जापानमा शनिबार शक्तिशाली भनिएको हगिबिस ताइफुको कारण हालसम्म ३० जनाको मृत्यु भएको छ। ताइफु र बाढीमा परी १६ जना बेपत्ता र १ सय ७० जनाभन्दा बढी घाइते भएका छन्। ताइफुसँगै आएको वर्षाले गर्दा नदीहरूमा पानीको वहाव बढेसँगै शनिबार टोकियो महानगर क्षेत्रलगायत जापानका कैयौं स्थानका आवासीय क्षेत्रहरू डुबानमा परेको समाचार विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन...
नागरिक दैनिक असोज २७,काठमाडौं । २०६४ चैत २७। दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन्। ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन्।श्रीनारायणका लागि, जो अहिले ७० वर्ष नाघिसकेका छन्,...
असोज २६, भक्तपुर । दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरस्थित नवदुर्गा भवानीको पूजा तथा नवदुर्गा नाच अवलोकन गर्नु भएको छ । आजको दिन राष्ट्रप्रमुखले भवानीको पूजा तथा नवदुर्गा नाच अवलोकन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । राष्ट्रपति भण्डारीलाई तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको प्रसाद प्रदान गर्नुभयो ।प्रतिनिधि सभा सांसद महेश बस्नेत, प्रदेश सांसदहरु,...
असोज २६, काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्ज गरी २० समझदारीपत्रमा हस्ताक्षर भएको छ ।नेपाल र चीनबीच भएका समझदारी यस्ता छन्१–...
असोज २६, भक्तपुर । सप्ताहव्यापी अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनिकरण दिवस भक्तपुरमा आजबाट सुरु भएको छ । कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुर विपदको जोखिममा रहेको औल्याउदै उहाँले चारवटै नगरपालिकाले विपद न्यूनिकरणका लागि आवश्यक कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । भक्तपुरलाई विपदको जोखिम मुक्त बनाउने कार्यक्रम स्थानीय तहले ल्याउनु पर्नेमा जोड दिदै उहाँले आफ्नो पहलमा सुरु भएको हनुमन्ते...
असोज २६, काठमाडौं । काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्ज क्लबमा आइतबा साँझ ६ः३० बजेको समयमा आगलागी भएको हो । क्लबमा रहेका ग्यासका सिलिण्डरमा आगो सल्किएपछि विस्फोट हुँदा आगो नियन्त्रण बाहिर गएको छ । विद्युत सर्ट भएर आगालगी भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ । प्रहरी, दमकल र स्थानीयका सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।...
असोज २६, काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ ।नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ ।अस्तव्यस्त तीनकुने पार्कको बाहिर फू र बिरुवा रोपिएको छ । विमानस्थल–तीनकुने–वानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म...
स्वास्थ्य । मानिसमा हेर्दा आकर्षक र सुन्दर देखिने चाहना सबैलाई हुन्छ । तर छालामा देखिने विभिन्न समस्याहरुले मानिसको सुन्दरतालाई विगार्छ । छालामा देखिने विभिन्न रोगहरुमध्ये सेतो दुबी पनि एक हो । नेपालको जनसंख्याको करीब १० प्रतिशत मानिसमा सेतो दुबीको समस्या रहेको छ । धुलीखेल अस्पतालका छाला तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार सेतो दबी फैलीने र नफैलीने गरी...
असोज २६,रौतहट । रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको घटनास्थलमै मृत्युु भएको छ । जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहारबाट अन्दाजी २२ वर्षीय युवकको मृत्युु भएको हो । मृतक युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।घटनास्थलबाट दुुई मिटर टाढा रहेको भारतीय सिमापारीबाट एक मोटरसाईकलमा आएका...