Friday, September 18, 2026
Home समाचार अरिङ्गाल खाँदा १० जना बिरामी

अरिङ्गाल खाँदा १० जना बिरामी

369

असोज २७,
रुकुमपूर्व । अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन्। बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ।

शनिबार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर १२ जनाले खाएका थिए । बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको थियो। उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको छ। अहिले उनिहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुमपूर्वका अहेव मदन खड्काले जानकारी दिए। रासस