गोली हानेर एक युवकको हत्या

97
सांकेतिक तस्विर

असोज २६,

रौतहट । रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको घटनास्थलमै मृत्युु भएको छ । जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहारबाट अन्दाजी २२ वर्षीय युवकको मृत्युु भएको हो । मृतक युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट दुुई मिटर टाढा रहेको भारतीय सिमापारीबाट एक मोटरसाईकलमा आएका तीन जनाले उनीमाथि गोली प्रहार गरेका थिए । उनीहरुले ती युवकमाथि केहीबेरको भनाभनपछि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए । मृतकको हालसम्म सनाखत हुुन सेकेको छैन । गोली प्रहार गर्ने समूह भारतीय हुनसक्ने डिएसपी कार्कीले जानकारी दिए ।