असोज ३०,
चितवन : जापानको योगोसिका सिटी र भरतपुरमहानगरबीच आपसी सहयोग आदनप्रदानसम्बन्धी सम्झौता भएको छ। बिहीबार भरतपुर महानगरपालिका र जापानको योगोसिका सिटीबीच उक्त सम्झौता भएको हो। महानगरपालिका प्रमुख रेनु दाहाल र योकोसुका शहरका मेयर कात्सुआकी कमीजीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरूले सम्झौता पत्र एक आपसमा आदान प्रदान गरेका थिए। जापानी मेयर कमीजीलले गौतम बुद्धको देशमा आउन पाउँदा...
असोज ३०,
काठमाडौं : नेपाललाई भू-परिवेष्ठितबाट मुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनामा चीनका राष्ट्रपति सी जिनपिङले साथ दिएको संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्। मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले लामो समयदेखि प्रधानमन्त्री ओलीले नेपाललाई भू-परिवेष्ठितबाट भूजडित बनाउने सपना देखिरहेको र त्यसमा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपति सीले साथ...
असोज ३०,
काठमाडाैं : त्रिभुवन विश्विवद्यालय मैदान कीर्तिपुरमा जारी महिला फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा क्याट क्विन्स काठमाडौंले पहिलो जित निकालेको छ। पहिलो पटक ‘वुमेन च्याम्पियन्स लिग’ (डब्लुसीएल) प्रतियोगिता बुधबारबाट सुरु भएको हो। बिहीबार भएको खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै काठमाडौंले पहिलो जित निकालेको हो। यसअघि बुधबार चितवन राइनोजसँग काठमाडौं पाँच विकेटले पराजित भएको थियो। कीर्तिपुरस्थित त्रिभुवन विश्विवद्यालय...
असोज ३०,
काठमाडौं : गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत केहीबेरअघि मतदान सकिएको छ। बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो। शान्तिपूर्ण रूपमा मतदान सकिएको र केहीबेरपछि मतगणना सुरु हुने संघका महासचिव बद्री केसीले जानकारी दिए। निर्वाचनमा सुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो। निर्वाचनमा...
असोज ३०,
उदयपुरः आमाको अवैध यौन सम्पर्कको कारण छोरीको समेत ज्यान गएको रहस्य खुलेको छ। एकहप्ता अघि एकै दिन आमा छोरीको हत्याको कारण आमाको अवैध यौन सम्पर्क रहेको प्रहरीको दावी छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले आज बीहीबार हत्यारा सार्वजानिक गर्दै हत्याको मुख्य कारण आमाको अवैध सम्पर्क रहेको बताएका हुन्। ‘उदयपुरको त्रियुगा नगरपालिका ९ चौकिवारीमा...
असोज ३०,एजेन्सी : कुर्द विद्रोहीमाथिको सैन्य कारबाही रोक्न आग्रह गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको चिठी टर्कीका राष्ट्रपति ताइप एड्रोगानले डस्टबिनमा मिल्काइदिएका छन्। बीबीसीले जनाएअनुसार, सिरियाबाट आफ्नो सेना फिर्ता गरेका ट्रम्पले टर्किस समकक्षी एड्रोगानलाई ८ दिनअघि उक्त चिठी पठाएका थिए। चिठीमा ट्रम्पले भनेका थिए, ‘अर्घेल्याँईं नगर्नुस्, मूर्ख नबन्नुस्!’ जवाफमा एड्रोगानले ट्रम्पको अनुरोध अस्वीकारमात्रै गरेनन्, चिठी नै मिल्काइदिए।...
असोज ३०,
संखुवासभा : भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम अवैध सुनसहित सोमबार पक्राउ परेका तोप्चेन भोटेलाई बिहीबार काठमाडौं पठाइएको संखुवासभाका प्रहरी प्रमुख मिम लामाले जानकारी दिए। संखुवासभा प्रहरीले बिहीबार यतियरको विमानबाट काठमाडौं पठाइएको छ। भोटेलाई प्रहरीले ५ किलो सुनसहित बिहीबार यति एयर विमानबाट काठमाडौं पठाइएको प्रहरी प्रमुख लामाले बताए। पक्राउ परेका भोटे र बरामद भएको सुन अबैध ५ किलो सुनसहित...
असोज २९,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताएका छन् ।केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ भनेर आफूले नै प्रस्ताव गरेको स्मरण गर्दै अध्यक्ष दाहालले...
असोज २९,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज सांस्कृतिकरुपमा समृद्ध रहेको बताएका छन्। सत्तारुढ नेकपाले चाडपर्वका अवसरमा भृकुटीमण्डपमा गरेको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल एकतावद्धरुपमा अघि बढिरहेको बताए।ुहाम्रो समाज समृद्ध संस्कृति भएको समाज हो। परिवर्तनका गतिहरू अलि कठोर हुने गर्छन्। कहिले कहिले कमजोर भएको हो कि भन्ने लाग्छु, उनले भने, ुबहुजातीय, बहुसांस्कृतिक आस्थाका विविधता...
असोज २९,
काठमाडौं । एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई बुधबार क्रिकेटर पारस खड्काले भेट गरेका छन् ।मुस्कान उपचाररत कीर्तिपुर अस्पतालमा पुगेर क्रिकेटर पारस खड्का नेपाली क्रिकेट टीमका...



