गैरआवासीय नेपाली संघको मतदान सकियो

63

असोज ३०,
काठमाडौं : गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत केहीबेरअघि मतदान सकिएको छ। बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो। शान्तिपूर्ण रूपमा मतदान सकिएको र केहीबेरपछि मतगणना सुरु हुने संघका महासचिव बद्री केसीले जानकारी दिए। निर्वाचनमा सुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो। निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन्। नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ। निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका छन्। यसैबीच पूर्वनिर्धारित कार्यतालिकाअनुरूप बिहीबार साँझ हुने भनिएको संघको समापन समारोह नहुने भएको छ। मतगणनाको परिणामपश्चात् मात्रै समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ।