Sunday, September 27, 2026
Home अपराध आमाको अवैध यौन सम्पर्कको कारण छोरीको समेत ज्यान गयो

आमाको अवैध यौन सम्पर्कको कारण छोरीको समेत ज्यान गयो

158

असोज ३०,

उदयपुरः आमाको अवैध यौन सम्पर्कको कारण छोरीको समेत ज्यान गएको रहस्य खुलेको छ। एकहप्ता अघि एकै दिन आमा छोरीको हत्याको कारण आमाको अवैध यौन सम्पर्क रहेको प्रहरीको दावी छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले आज बीहीबार हत्यारा सार्वजानिक गर्दै हत्याको मुख्य कारण आमाको अवैध सम्पर्क रहेको बताएका हुन्। ‘उदयपुरको त्रियुगा नगरपालिका ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको थियो’, उनले भने, ‘हत्या हुनुको मुख्य कारण आमाको अवैध यौन सम्पर्क रहेको अनुसन्धानबाट खुलेको छ।’ गएको असोज २४ गते त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीया आमा शारदाकुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। हत्याको आरोपमा सिरहा लाहान नगरपालिका ८ का ४० वर्षीय रामहरी साहा पक्राउ परेको एसपी बुढामगरले जानकारी दिए। ‘पाँच वर्षअघिदेखि पक्राउ परेका साह र मृतक बच्चीकी आमासँग अवैध रुपमा यौन सम्पर्क हुँदै आएको छ’, उनले भने, ‘पछि पक्राउ परेका साह र बच्चीकी आमाको कुरा नमिलेपछि हत्या भएको अनुसन्धानबाट खुल्छ।’ प्रहरीका अनुसार पक्राउ परेका साहले महिलाले ओड्ने सलले बाँधेर थिची धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए। ‘पहिला आमालाई हत्या गरेको अनुसन्धानबाट खुल्छ’ उनले भने, ‘पछि छोरीलाई पनि पोल खुल्ने डरले हत्या गरेको पाइन्छ।’ हत्या गरेको घरको कोठाभित्र सुनका गरगहाना समेत प्रहरीले बरामद गरेको छ। आमा शारदाकुमारी चौधरी श्रीमान तथा ९ वर्षीया छोरी रचना चौधरीको बुवा वैदेशिक रोजगारीमा गएको प्रहरीको भनाइ छ। श्रीमान वैदेशिक रोजगारीमा गएको वेला परपुरुषसँग यौन सम्पर्क राख्ने आमाको कारण छोरीको समेत ज्यान गएको प्रहरीको निश्कर्ष छ।