भूजडित नेपाल बनाउने प्रधानमन्त्रीको सपनामा सीको साथ’

76

असोज ३०,
काठमाडौं : नेपाललाई भू-परिवेष्ठितबाट मुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनामा चीनका राष्ट्रपति सी जिनपिङले साथ दिएको संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्। मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले लामो समयदेखि प्रधानमन्त्री ओलीले नेपाललाई भू-परिवेष्ठितबाट भूजडित बनाउने सपना देखिरहेको र त्यसमा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपति सीले साथ दिएको बताए। उनले आफ्नो मन्तव्यका क्रममा उक्त कुरा स्पष्टसँग उल्लेख गरेको बताए। मन्त्री बाँस्कोटाले बलियो राष्ट्र चीनका राष्ट्रपतिको भ्रमण दुई देश र जनताको हितमा भएको धारणा राखे। उनले थपे, ‘नेपाल र चीन कुनै पनि किसिमले तुलना हुन नसक्ने अवस्थामा छन्। यस्तो अवस्थामा पनि राष्ट्रपति सीले भ्रमण गरेर नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा तुलना नै हुन नसक्ने गरी ऊँचो भएको छ। नेपाल एक सानो देश छ भन्ने स्थापित थियो त्यो टुट्यो। अन्तर्राष्ट्रिय जगतमा चिनिएको छ।’