Home Blog Page 124
काठमाडौं । देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि शान्तिपूर्ण मतदान जारी भईरहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आज बिहान ७ बजे सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१...
भक्तपुर । यही मंसिर २२ गते भक्तपुरको सल्लाघारी चौरमा एम ई एम इन्टरटेन्मेन्टले रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर सुरु गर्ने भएको छ । इभेन्टका आयोजकहरुले जानकारी दिएका हुन् । करिब ३५ लाख लगानीमा हुन लागेको यस कन्सर्टमा मुख्य व्यान्ड मन्त्र व्यान्ड जुन दार्जिलिङ्गबाट आउँदै छन् भने काठमाडौंबाट एमटियटयटफोयट र भक्तपुरबाट द सर्माैन नेपाल रहेको इभेन्ट आयोजक रोजिन मिश्रले जानकारी...
काठमाडौं । २०७८ सालको जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। देशको कुल ऋणलाई जम्मा जनसङ्ख्यासँग हिसाब गर्दा गत असोज मसान्तसम्मको अवस्थामा प्रत्येक नेपालीको भागमा ८६ हजार ५ सय १० रुपैयाँ ऋण पर्ने देखिन्छ। असारसम्मको विवरण समेटिएको उक्त कार्यालयले जारी गरेको एउटा प्रतिवेदनमा नेपालले १७ वटा दातृ निकायको ऋण तिर्न बाँकी रहेको उल्लेख...
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगक लागि...
काठमाडौं । नेपाली फिल्ममा दयाहाङ राई र मिरुना मगरपछि कुनै जोडी निरन्तर दोहोरिरहेको छ भने ती विपिन कार्की र वर्षा राउत हुन् । उनीहरुको सहकार्यले डबल ह्याट्रिक पूरा गरिसकेको छ । अर्थात् ६ वटा फिल्ममा एकसाथ काम गरिसकेका छन् । ‘जात्रा’, ‘गोपी’, ‘जात्रै जात्रा’, ‘के घर के डेरा’, ‘महाजात्रा’ र ‘तेल भिसा’ उनीहरुबीच सहकार्य भएका फिल्म हुन् । विपिन...
काठमाडौं । आज ट्रङ्क तथा डेडिकेटेड बापतको महसुल बक्यौता नबुझाउने उद्योगमा लाइन नकाटिने भएको छ । महसुल बक्यौता उठाउने यसअघि नेपाल विद्युत प्राधिकरणले दिएको १५ दिनको म्याद आज सकिँदै छ । तर, उद्योगीहरूले महसुल बक्यौता अझैसम्म पनि नतिरेको प्राधिकरणको दाबी छ ।१५ दिनको म्यादभित्र सम्पूर्ण महसुल बक्यौता उठाउन मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि प्राधिकरणले त्यसअनुसार उद्योगमा महसुलबापतको बिल पठाएको थियो...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो ।महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । जबकि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।
भक्तपुर । आउँदो पुस १२ गतेदेखि १४ गतेसम्म भक्तपुरको मध्यपुरथिमि नगरपलिकामा मध्यपुर महोत्सव हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले मध्यपुरलाई पर्यटकीय गन्तब्यस्थलको रुपमा विकास गर्न मध्यपुर महोत्सव गर्ने भएको छ । नगरपालिकाले पुस १२, १३ र १४ गते तीन दिनसम्म मध्यपुर महोत्सव हुने जानकारी नगर प्रमुख सुरेन्द्र श्रेष्ठले दिएका छन् ।मध्यपुर थिमिका मुख्य ऐतिहासिक एवं पुरातात्त्विक स्मारकहरु...
सिन्धुली । कमलामाई नगरपालिका-९ चेकपोष्टबाट अवैध लागूऔषध गाँजा करिब १ सय ८५ किलोग्राम सहित चितवन भरतपुर महानगरपालिका-६ बस्ने ३९ वर्षीय शेर बहादुर लामालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडा, सिन्धुली हुँदै बर्दीबासतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च २२८० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको...
काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १५ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३५ वर्षीय ईन्सु रायलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख...