माघ २,
नगरकोट । यहीँ माघ १०, ११, १२ गते नगरकोट महोत्सव हुने भएको छ । पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ यो महोत्सव आयोजना हुन लागेको हो । काभ्रे र भक्तपुर जिल्लाको सिमानामा रहेको नगरकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँबाट गणेश, लाङ्टाङ गौरीशंकर, सगरमाथालगायतका हिमश्रीङ्खला देखिनुका साथै सुर्योदय र सुर्यस्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ...
माघ २,
काठमाडौं । विक्रम संवत् २०७७ सालको दसैँ र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो । पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए । आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ...
माघ २,
भक्तपुर । ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ । आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् ।आजको नयाँ पत्रिका दैनिक लेख्छः ०२१ को नापीले मध्यपुर थिमि नगरपालिका–३ सागबारीस्थित २८ रोपनी तीन आना दुई...
माघ २,
काठमाडौं । देशका केही भू-भागमा हल्का देखि मध्यम वर्षा साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्नु हुन सर्वसाधारण जनताहरुलाई अनुरोध छ । आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ:माघ २ गते (बिहिबार)दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भाग लगायत पुर्वी पहाडी भू्-भागमा सामान्य बदली रही बाँकि भू्-भागमा...
माघ १,
काठमाडौं । केही दिनदेखि घमाइलो रहेको मौसममा बुधबार रातिबाट पुनः बदलाब आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, शुक्रबारसम्मै देशभर बदली, वर्षा र हिमपात हुने सम्भावना छ । बुधबार साँझबाट पश्चिम न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेकाले फेरि वर्षा र हिमपात हुन लागेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेल बताउँछन् । ‘बुधबार राति देशको...
माघ १,
काठमाडौं । आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । थारु समुदायले आज माघी पर्व मनाउँदैछन् । ज्योतिष शास्त्रनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने...
माघ १,
काठमाडौं । सरकारले विगत पाँच बर्षदेखि हरेक माघ एक गतेका दिन योग दिवस मनाउँदै आएको छ। यो वर्ष पनि ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदै छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले योग दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन लागेको छ। पछिल्लो समय मानिसहरुमा नसर्ने रोगहरुको जोखिम बढ्दै गएको बेला मानिसलाई यस्ता जोखिमबाट...
माघ १,
काठमाडौँ । नेपाल प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) दुई पदमा भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर ८० जना र असई ३१५ जना माग गरेको छ । उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।
माघ १,
काठमाडौं । नायिका ऋचा शर्माले १३ औं दिनको पुण्य तिथीमा आमालाई निकै भावपूर्ण श्रद्धाञ्जली दिएकी छिन् ।
आफ्नो फेसबुक अकाउन्टमा उनले आमाबारे स्टेटस लेखेकी छिन् । ‘आज हाम्री आमाको १३ औं पुन्य तिथिमा उहाँलाई सम्झिदा मेरो लागि अझ आमा शब्दको अर्थ र महत्व झन धेरै बढेको छ। एउटा कहिले नभरिने खालिपन त छदैं छ नै तर त्यसको साथै...
पुस २५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयलले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए । परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ ।...










