मौसम यस्तो हुनेछ, देशभर वर्षा र हिमपात, सचेत रहौं

402

माघ १,
काठमाडौं । केही दिनदेखि घमाइलो रहेको मौसममा बुधबार रातिबाट पुनः बदलाब आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, शुक्रबारसम्मै देशभर बदली, वर्षा र हिमपात हुने सम्भावना छ । बुधबार साँझबाट पश्चिम न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेकाले फेरि वर्षा र हिमपात हुन लागेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेल बताउँछन् । ‘बुधबार राति देशको पश्चिम क्षेत्रबाट प्रवेश गर्ने पश्चिम न्यून चापीय प्रणाली केही सशक्त हुने देखिएको छ । त्यसले भोलि र पर्सि पहाडी भेगमा वर्षा तथा हिमाली भेगमा हिमपात हुनसक्छ,’ मौसमविद् पौडेलले भने ।

नयाँ मौसमी प्रणालीका कारण बिहीबार मध्य, पश्चिमी पहाडी र तराईका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । पूर्वी भागमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ । यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपात हुने भएकाले सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ ।
शनिबारबाट भने मौसम सुधारिने मौसमविदको प्रक्षेपण छ । ‘शनिबारबाट यो मौसमी प्रणाली कमजोर भएर बाहिरिने भएकाले मौसम सुधारिन्छ,’, मौसमविद् पौडेलले भने ।
अघिल्ला वर्षहरूको हिउँदमा बढीमा ४र५ वटा मौसमी प्रणाली भित्रिने गरे पनि यस वर्ष छिटो(छिटो मौसमी प्रणाली फेरिएकाले वर्षा र हिमपात भइरहेको उनको भनाइ छ । नेपालमा भित्रिने मौसमी प्रणालीको स्रोत भूमध्य सागर हो । यहाँबाट बहने हावा सोझै नेपालतर्फ बहँदा त्यसको असर बढी पर्ने र अन्यत्र मोडिँदा प्रभाव कम हुने मौसमविद् बताउँछन् । -अनलाइनखबर