Tuesday, August 4, 2026
Home Blog Page 1207
माघ ४, काठमाडौं । गोलीकाण्डमा परी चार जनाको मृत्यु भएको छ । उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकामा भएको यो घटनामा शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ । प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको...
माघ ४, काठमाडौं । शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । रुसमादेशको उत्तरी कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार ती कारहरु दुर्घटनामा परेका आपतकालिन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । कुहिरो तथा तुसारोका कारण दुर्घटना भएको...
माघ ३, काठमाडौं । प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । गृह मन्त्रालयको ठाडो निर्देशनमा उपत्यकाका भीआईपी र भीभीआईपी बसोबास तथा आवतजावत गर्ने स्थानहरु ‘लोकेटेड’ गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले बताएको छ । बम विस्फोट लगत्तै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले चारवटै सुरक्षा...
माघ ३, चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ। बिहीबारदेखि परेको वर्षाले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो। पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ। वर्षात्ले पहिरो पन्छाउने...
माघ ३, सुर्खेत । कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यस वर्ष भएको यो सातौं हिमपात हो । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा जनाएका छन् । जाजरकोट, रुकुमपश्चिम र कालीकोटको उच्च भागका बासिन्दा चिसोबाट अछुतो रहन सकेका छैनन् । हिमपात र वर्षाले...
माघ ३, दाङ (तुलसीपुर) । अभिभावकको दबाबमा एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ । जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर–८ अश्वारा निवासी १८ बर्षका सञ्जिव भारतीलाई पक्राउ गरेको छ । युवती र युवकबीच करिब एक बर्षदेखि मायाप्रेम भएपनि अभिभावको दबाबमा करणी सम्बन्धी मुद्दा दर्ता गरिएको हो । युवकलाई तुलसीपुर–९...
माघ ३, काठमाडौँ । बिहीबार साँझ धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित त्रिशुली नदीमा हाम्फाले । काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने छ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदिमा हेलिएका हुन् । नदीमा हाम्फालेका उनीहरुमध्ये विनयलाई जीवितै उद्दार गर्न सकिए पनि श्रीमतीको भने मृत्यु भएको...
माघ ३, भक्तपुर । प्रभु लाइफ इन्सुरेन्स लिमिटेड गोङ्गबु शाखा अन्तरगत एजेन्सी मेनेजरको सम्पर्क कार्यालय कमलविनायकमा खुलेको छ । एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उदघाटन गरेका छन् । यो सिनियर एजेन्सी मेनेजर श्री दिपक बास्तोलाको सम्पर्क कार्यालय हो । उक्त उद्घाटन कार्यक्रममा कम्पनीका सिनियर व्यवसाय अधिकृत प्रयास श्रेष्ठ, एजेन्सी बिभाग प्रमुख प्रभात सिवाकोटी, प्रशिक्षण विभाग...
माघ ३, काठमाडौं । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न सर्वसाधारणलाई मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।आगामी तीन दिनको मौसम पूर्वानुमानमाघ ३ गते (शुक्रबार) दिउँसो : देशभर...
नयाँ नेपाल न्यूज माघ २, भक्तपुर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विहिबार संस्थाको हलमा भएको कार्यक्रममा संघीय सांसद महेश बस्नेतले भक्तपुर अब शिक्षाको अन्तराष्ट्रिय हबको रुपमा विकाश हुनुपर्ने बताएका छन् । निजी शैक्षिक संस्थाहरुले नेपालको शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै शिक्षालाई विकाशसंग जोडनुपर्ने उनले बताए । बागमती...