माघ २,
नगरकोट । यहीँ माघ १०, ११, १२ गते नगरकोट महोत्सव हुने भएको छ । पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ यो महोत्सव आयोजना हुन लागेको हो । काभ्रे र भक्तपुर जिल्लाको सिमानामा रहेको नगरकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँबाट गणेश, लाङ्टाङ गौरीशंकर, सगरमाथालगायतका हिमश्रीङ्खला देखिनुका साथै सुर्योदय र सुर्यस्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । पर्यटकीय स्थल नगरकोटमा पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै दोश्रो नगरकोट महोत्सव हुन लागेको छ । महोत्सवलाई सफल पार्न नगरकोट नाल्दुम पर्यटन विकास समितिले विभिन्न कार्यक्रमहरु गर्दै प्रचारप्रसार गर्दै आइरहेको छ । समितिले सोनाम ल्होछारको अवसर पारी माघ १० देखि १२ गते सम्म महोत्सवको आयोजना गर्न लागेको हो ।
प्राकृतिक सम्पदा कला र सँस्कृति , पर्यटनको विकाश नगरकोटको उन्नती भन्ने मूल नाराका साथ मनाउन लागेका महोत्सवमा ख्याती प्राप्त कलाकारहरु चन्द्र कुमार दोङ , इन्दिरा गोले,विशाल काल्देन, शशिकला मोक्तान, अनिश योन्जान , बबिता पाखृन सरोज लामिछाने ,प्रभाव दोङ,कमला दोङ स्मृति गौतम ,राजेश ढकाल, वाङ्छुराज वाइबा, अदित्य श्याङ्बो , सम्बर लामा,मुस्कान योन्जान, जमुना योन्जान साथमा लोकप्रिय टिभी कार्यक्रम इन्द्रेणी कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । पर्यटन बर्षलाई सफल पार्नको लागि स्थानीय मौलिक झल्किने विभिन्न प्रस्तुतिहरु प्रदर्शन र लोपोन्मुख बाजागाजाहरु साथै स्थानीय खानाको परिकारहरु प्रदर्शन गरिने नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिएका छन् ।