आमाको १३ औं दिनको तिथीमा ऋचा शर्माले भावुक हुँदै भनिन्,

324

माघ १,
काठमाडौं । नायिका ऋचा शर्माले १३ औं दिनको पुण्य तिथीमा आमालाई निकै भावपूर्ण श्रद्धाञ्जली दिएकी छिन् ।
आफ्नो फेसबुक अकाउन्टमा उनले आमाबारे स्टेटस लेखेकी छिन् । ‘आज हाम्री आमाको १३ औं पुन्य तिथिमा उहाँलाई सम्झिदा मेरो लागि अझ आमा शब्दको अर्थ र महत्व झन धेरै बढेको छ। एउटा कहिले नभरिने खालिपन त छदैं छ नै तर त्यसको साथै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अध्यायमा पनि बिराम लागेको छ। एउटा साथी, एउटा संरक्षक, दुस्ख बिसाउने काख सबै गुमाएको छु। हामी एक अर्काको खुशीमा खुशी हुन्थ्यौ अनि दुस्खमा दुखी। मेरो सानो सानो सफलतामा खुशी हुनुहुने आमा, अनि मेरा अफ्ठ्याराहरुमा मेरो हौसाला हुनुहुने आमा,’ उनले लेखेकी छिन् ‘भनिन्छ आमको ऋण तिरेर कहिले सकिदैन। आज यो वाक्यलाई सही रुपले बुझेको छु। त्यो ऋण तिर्न नसके पनि आमालाई जहाँ हुनु भए पनि सधैं खुशी राख्न उहाँले देखाउनु भएको बाटोमा आफुलाई सधैं हिँडाउँछु। शायद आमालाई यही नै सच्चा श्रद्धान्जली हुन सक्छ।’