माघ २५,
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले ललितवा निवास प्रकरणमा आफू निर्दोष रहेको बताएका छन् ।‘९ करोड रुपैयाँ कहाँबाट ल्याउने ? मसँग पैसा छैन ?,’ दलको बैठकमा उनले भने, ‘३० वर्ष सांसद बनें। कुनै दोष लागेन । अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो ।’ गच्छदारले आफूविरुद्धको मुद्दा पार्टीमाथिको आक्रमण भएको बताए । ‘यो पार्टीको...
माघ २४,
सिन्धुली । तपस्वी रामबहादुर बमजन सिन्धुली आश्रमबाट फरार भएका छन् । बिहीबार रातिसम्म बमजन आश्रममै रहेको सूचनाका आधारमा प्रहरी उनलाई पक्रन शुक्रबार बिहानै आश्रम पुगेका थिए । तर बमजन त्यहाँ नभेटिएको प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बमजनलाई हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी सुरु गरेको हो । पक्राउ अनुमति लिएर प्रहरी...
माघ २४,
कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बताएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित स्थापना हुने दैजी औद्योगिक क्षेत्र निर्माणस्थलको आज अनुगमनका क्रममा आयोजित कार्यक्रममा मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा बताएका हुन् । उद्योग मन्त्रालयका उच्चपदस्थ कर्मचारीको टोलीसहित औद्योगिक क्षेत्र निर्माणस्थल पुग्नुभएका...
माघ २४,
विराटनगर । मंगलबारबाट सम्पर्कविहीन भएकी महिलाको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ । सुनसरीको दुहबी नगरपालिका– ६ काली मन्दिर नजिकै घर भएकी ३२ वर्षीया सम्झना खत्री परियारको शव शुक्रबार बिहान विराटनगर– १२ रिङरोड नजिकै रहेको उखुबारीमा फेला परेको हो । दुई सन्तानकी आमा सम्झना बेपत्ता भएपछि आफन्तले बिहीबार प्रहरी चौकी निमुवामा निवेदन दिएका...
माघ २४,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अपचलन प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेसँगै अन्य सरकारी अन्य निकाय पनि तातेका छन्। सम्पत्ती शुद्धिकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकले पनि यो प्रकरणमा अनुसन्धान अघि बढाएका छन्। नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा राखेर निकालिएको ऋणको विवरण बुझ्न २७ वट ा वाणिज्य बैंकलाई पत्राचार...
मानिसले देख्ने सपनाले जीवनमा केही न केही संकेत गर्ने ज्योतिषीहरु बताउँछन ।सपनाको प्रकृति अनुसार त्यसले जीवनमा पनि थरीरथरीको संकेत गर्दछ । मानीसहरु जीवनको अनुभव, असफल काम, चाहना, आफ्नो जीवनमा परेका दुःखद घटना आदिका आधारमा मानिसले सपना देख्ने गर्दछन । कहिलेकाहीँ मानिसले कसैसँग शारीरिक सम्पर्कमा रहँदै गरेको पनि सपना देख्ने गर्छ । प्रायः युवाअवस्थामा यस्तो सपना देखिने गर्छ । जसलाई...
माघ २३,
काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तराई-तराइमधेस आउँदा माइतीघर आएजस्तो लाग्ने गरेको बताएका छन् । उनले हिमाल पहाडविनाको तराई-मधेस र तराई-मधेसविनाको हिमाल पहाड कल्पना नै गर्न नसकिने बताए ।
नेपाल भ्रमणवर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हाम्रो पार्टी र सरकारले तराई–मधेस विकास र समृद्धिमा जोड दिएको छ, तराई–मधेसबिनाको पहाड र पहाडबिनाको तराई–मधेसको...
माघ २३,
काठमाडौं । चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याउन अझै एक साताको समय लाग्ने भएको छ । स्वदेश ल्याउने नेपालीलाई राख्ने सुरक्षित स्थानको व्यवस्थापन नहुँदा उनीहरुलाई ल्याउन अझै एक साता लाग्न सक्ने प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले खबरहबलाई जानकारी दिए ।चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली ल्याउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज ९बिहीबार० भएको...
माघ २३,
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण बिहिबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अख्तियारको छानविन प्रक्रिया प्रति असन्तुष्टी जनाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग...
माघ २३,
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिमा छलफल भई सहमति भएअनुसार नै पत्रकारहरुका लागि लाइसेन्स, परीक्षा तथा दर्ताक्रम हटाएर विधेयक...









