प्रहरीले खोज्न थालेपछि रामबहादुर बम्जन आश्रमबाट फरार

298

माघ २४,
सिन्धुली । तपस्वी रामबहादुर बमजन सिन्धुली आश्रमबाट फरार भएका छन् । बिहीबार रातिसम्म बमजन आश्रममै रहेको सूचनाका आधारमा प्रहरी उनलाई पक्रन शुक्रबार बिहानै आश्रम पुगेका थिए । तर बमजन त्यहाँ नभेटिएको प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बमजनलाई हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी सुरु गरेको हो । पक्राउ अनुमति लिएर प्रहरी शुक्रबार बिहान बमजनको सिन्धुली आश्रममा पुगेको हो ।

सिन्धुली जिल्ला अदालतबाट बमजन पक्राउको अनुमति पाएपछि प्रहरी खोजीमा जुटेको छ । बमजन रहेको आशंका गरिएका सम्भावित तीन आश्रममा प्रहरी पुगेको थियो । प्रहरीको खोजीसँग बम्जन बेपत्ता छन् ।