बालुवाटार जग्गा काण्डः बैंकहरुको २ अर्ब डुब्दै (कुन बैंकको कति ?)

278

माघ २४,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अपचलन प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेसँगै अन्य सरकारी अन्य निकाय पनि तातेका छन्। सम्पत्ती शुद्धिकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकले पनि यो प्रकरणमा अनुसन्धान अघि बढाएका छन्। नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा राखेर निकालिएको ऋणको विवरण बुझ्‍न २७ वट ा वाणिज्य बैंकलाई पत्राचार गरेको छ। ‘बालुवाटारको जग्गा धितो लिएर ऋण दिनेमा अहिले केही बैंक देखिएका छन्। हामीले अनुसन्धान सुरु गरेका छौँ’, राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले ‘हामीले २७ वटै वाणिज्य बैंकसँग विवरण पनि माग गरेका छौँ, धितो त्यही मात्रै हो कि, अन्य धितो राखेर ऋण निकालेको छ कि छैन हेर्छौँ। थप कुरा अनुसन्धानपछि खुल्नेछ,’ भट्टले भने।

केही बैंकको ऋण असुली भइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ। केही बैंकको भने ठूलो रकम असुली हुन बाँकी रहेको छ। अहिलेसम्म ललित निवासको जग्गा राखेर १७ बैंक तथा वित्तीय संस्थाबाट २६ व्यक्ति र एक संस्थालाई ऋण दिएको पाइएको छ। ललिता निवासको जग्गामा बैंक अफ एसिया नेपाल, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इमपलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक, किष्ट बैंक किष्ट बैंकले ऋण प्रवाहा गरेको देखिएको छ। त्यस्तै लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, आइएमई फाइनान्स इन्स्टिच्युसन, नेपाल बैंक, यति डेभलपमेन्ट बैंक, युनिक फाइनान्स इन्स्टिच्युसनल, हिमालयन बैंक, आर्य तारा बचत तथा ऋणले ऋण प्रवाह गरेको देखिएको छ। विगतमा धेरै बैंक तथा वित्तीय संस्थाहरु मर्जर भइसकेकाले अस्तित्वमा छैनन्। किष्ट बैंक अहिले प्रभु बैंकमा मर्जर भएको छ।

आइएमई फाइनान्स इन्स्टिच्युसन ग्लोबल बैंकले प्राप्ति गरिसकेको छ। बालुवाटारको जग्गा राखेर बैंकबाट सबैभन्दा बढी इन्दु शर्माले ६९ करोड रुपैयाँ ऋण निकालेकी छन्। उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट ६९ करोड १० लाख रुपैयाँ ऋण निकालेकी छन्। त्यस्तै सबैभन्दा कम ऋण लिनेमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल छ। त्यसैगरि सन्दीप ढकालले ४९/४९ लाख रुपैयाँ ऋण लिएका छन्। उनीहरूले यती डेभलपमेन्ट बैंकबाट ऋण निकालेका छन्।
-थाहाखबर