‘तराई आउँदा माइतीघर आएजस्तो लाग्छ’

290

माघ २३,
काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तराई-तराइमधेस आउँदा माइतीघर आएजस्तो लाग्ने गरेको बताएका छन् । उनले हिमाल पहाडविनाको तराई-मधेस र तराई-मधेसविनाको हिमाल पहाड कल्पना नै गर्न नसकिने बताए ।
नेपाल भ्रमणवर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हाम्रो पार्टी र सरकारले तराई–मधेस विकास र समृद्धिमा जोड दिएको छ, तराई–मधेसबिनाको पहाड र पहाडबिनाको तराई–मधेसको कल्पना गर्न सकिन्न ।’ कार्यक्रममा प्रचण्डले तराई–मधेस आउँदा आफूलाई कुनै नौलो ठाउँ गएजस्तो नलाग्ने बरु माइतीघर आए जस्तो लाग्ने गरेको बताएका छन् ।

तराई–मधेस, हिमाल–पहाडको एकता टुट्न नदिने जिम्मेवारी महसुस गरेको उल्लेख गर्दै आवश्यकताका आधारमा संविधानलाई परिमार्जन र संशोधन प्रक्रिया अगाडि बढाउने कुरामा पार्टी सकारात्मक रहेको उनले बताएका छन् ।
प्रचण्डले तराई–मधेस, पहाड र हिमाललाई आपसमा जोड्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो जीवन यी क्षेत्रका जनताको समृद्धि, समाजवादको निर्माण र सामाजिक न्यायको निम्ति बिताउने सङ्कल्प गरिसकेको बताए ।