कार्की परिवारमा बज्रपात, रहिनन् मुना

461

माघ २७,
काठमाडौं । सबैकी सहयोगी र मिलनसार मुना अधिकारी कार्की अब रहिनन् । पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको आज बिहान हत्या भयो । बिहान साढे आठमा अर्जुन पशुपति गएका थिए । उनले पशुपति दर्शन गरिरहेको बेला उनको निवासमा अकल्पनीय मृत्युकाण्ड भइरहेको थियो ।

छोरातुल्य थिए विजय चौधरी । ११ वर्षदेखि उनको परिवारमा सामेल थिए विजय । विजय घरमै पासो लागेर झुण्डिएको अवस्थामा भेटिए । उता, मुना चाहिँ रक्ताम्य भएर भान्सामा लडेकी थिइन्, छेउमा प्लास्टिकको पिर्का फुटेको अवस्थामा थियो । कार्की परिवारमा भएको यो अकल्पनीय वज्रपातको वास्तविकता आगामी दिनमा खुल्ने नै छ तर मुना भने रहिनन् ।
‘छरछिमेकमा सबैसँग मिल्नुहुन्थ्यो, असाध्यै सामाजिक हुनुहुन्थ्यो’– अर्जुन परिवारकी एक छिमेकीले भनिन् । उनका अनुसार छोरा नयाँ बानेश्वरको स्कुलमा पढ्थे । एउटी छोरी वेलायत र अर्की छोरी अष्ट्रेलिया पढ्दैछिन् । सुन्दर परिवार, राम्रो घरबार थियो तर आज बिहान उजाडियो । आज बिहान मुना अस्वाभाविक तरिकाले कराएको छिमेकीले सुनेका थिए । त्यति नै बेला उद्दार गर्न पाएको भए मुनाको बाँच्थिन् की रु तर, छिमेकीले सामान्य रुपमा लिए ।