‘भ्रष्टहरुको ब्रह्म लुट, लाल झण्डा बोके पछि सबै छुट’

650

माघ,
काठमाडौं । नेपाली कांग्रेसले आइतबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ(नेविसंघ) लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको आरोप कांग्रेसको छ । माइतीघरमा प्रदर्शनमा उत्रिएका उनीहरुले ‘कठै अख्तियार, नेकपासामु लम्पसार’, ‘भ्रष्टहरुको ब्रहृम लुट, लालझण्डा बोकेपछि सबै छुट’ लगायतका नारा लगाएका थिए ।

तर, नेकपाका नेता र निकटका व्यक्तिलाई उन्मुक्ति दिएएको भन्दै नेपाली कांग्रेसले संसद र सडकबाट विरोध गरिरहेको छ । तरुण दलले देशैभरका जिल्ला सदरमुकाममा पनि विरोध प्रदर्शन गरेको छ । कम्युनिष्ट पार्टीले गोटी बनाउने लागेसँगै नेपाली कांग्रेसका भ्रातृ संस्थाहरु बिरोधमा उत्रिएका छन् । तरुण दल अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा भएको प्रदर्शनमा ‘दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, कठै अख्तियार, नेकपासामु लम्पसार’,विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन, ‘नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार,’ जस्ता नारा लगाइएका थिए ।

आयोगले लगाएको भ्रष्टाचारको मुद्दा दुराशयपूर्ण रहेको भन्दै नियतबस गरिएको कार्वाहीको विरुद्धमा आफ्ना भ्रातृ संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेसंगै तरुणदल, नेबिसंघ लगायत कांग्रेस भ्रातृ संस्थाहरु प्रदर्शनमा होमिएका छन् । केही दिनअघि अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।