स्कुटरमा आगजानी गरि फरार

254

माघ २७,
ललितपुर । ललितपुरमा दिनदहाडै स्कुटीमा आगजनी गरिएको छ । ललितपुर १० कुपण्डोलस्थित हिमालय होटल नजिकै रहेको साकाओता मार्गमा पार्किङमा राखिएको प्रदेश–३–०२–००८ प २७६४ नम्बरको स्कुटीमा अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । सोमबार दिउँसो करिब ३ बजेको समयमा घरको कम्पाण्डभित्र रोकेर राखिएको स्कुटरमा आगजनि गरिएको हो ।
आगजनी गर्ने व्यक्ति फरार रहेको जनाइएको छ । उक्त स्कुटर पुरु मगियाको नाममा रहेको जनाइएको छ । स्कुटर धनी आफन्तको घरमा बुबाको वार्षिक पितृ कार्यका लागि कार्ड दिन भनेर आएको १५ मिनेटमै सो घटना घटेको पीडितले जानकारी दिए । आगजनी गर्ने व्यक्तिले बोतलमा पेट्रोल ल्याई आगो सल्काएर भागेको प्रत्यक्षदर्शीले बताए । उनले सेतो सर्ट लगाएको समेत प्रत्यक्षदर्शीले बताएका छन् । आगजनी गरेर फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । -रातोपाटी