समय खेर नफाली नगरको विकाश गछौंः नगर प्रमुख थापा

318

माघ २७,
भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले एकदिन पनि समय खेर नफाली नगरको विकाशमा लाग्ने बताएका छन् । नगरको कार्यालयमा अर्ध वार्षिकमा समीक्षाको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै नगरप्रमुख थापाले भने ‘हामी निर्वाचित भएर आएको २ वर्ष ७ महिना भयो, अबको २ वर्ष काम गर्न पाइन्छ त्यो समय खेर जान दिदैनौं । ’
दुई वर्षभित्रमा नगरपालिकाको भवन, बाकीं रहेका वडा कार्यालय र सामुदायिक भवन समेत निर्माण भईसक्ने नगरप्रमुख थापाको भनाई रहेको छ । ‘नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७का लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको र उचित सन्तुलन र समन्वय कायम गर्दै लक्ष्य प्राप्ती तर्फ उन्मुख भएका छौ,’ थापाले भने ।
विकाश र सुशासन अभिवृद्धि गरि सेवा प्रभावकारी सेवा प्रभाव गर्दै जनताको सेवामा सधै सक्रिय भईरहेको समेत नगरप्रमुख थापाले बताए ।