Sunday, August 2, 2026
Home Blog Page 1188
फागुन १७, एजेन्सी/ शुक्रबार दक्षिण कोरियामा ५९४ नयाँ कोरोनाभाइरस संक्रमित भेटिए । यो संख्या शुक्रबार नै चीनमा भेटिएका नयाँ संक्रमितभन्दा बढी हो । कोरोनाभाइरसको उद्गमस्थल तथा सबैभन्दा प्रभावित देश चीनमा पछिल्लो समय नयाँ संक्रमितको संख्या घट्न थालेको छ । शुक्रबार चीनमा ४२८ नयाँ संक्रमितको पहिचान भएको थियो । भाइरसबाट मर्नेको हकमा भने चीननै अगाडि छ । चीनमा हिजो दिनभर...
फागुन १७, भक्तपुर । सुमधुर आवाजका धनि लोकप्रिय गायक मानस राजको नयाँ गित “दिलको ट्रेण्डिङ“ को म्युजिक भिडियो सार्बजनिक भएको छ । सर्बाधिक चर्चामा रहन सफल गित “भाइरल भैदियो“ र “हिरो“ को अत्याधिक सफलता पश्चात उनले अर्को धमाकेदार गित “दिलको ट्रेण्डिङ“ को म्युजिक भिडियो लिएर आएका छन् । पछिल्लो समय देश बिदेशमा हुने विभिन्न स्टेज कार्यक्रम तथा मेला, महोत्सबमा...
फागुन १७, भक्तपुर । प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका होटल, रेष्टुरेन्ट तथा खाजाघरमा छापा मारेको छ । ती स्थानमा अनैतिक कार्य हुदैं आएको सूचनाका आधारमा छापा मारेर १६ जनालाई पक्राउ गरेको हो । जसमा ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीमा प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिएका छन् । यस क्षेमा सामाजिक बिकृतिका रुपमा...
फागुन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले घुस लिएको भन्ने व्यहोराको अडियो पोख्त प्रमाण नभएको बताएका छन् । प्रधानमन्त्री ओलीको यस्तो बचाउले कतै बाँस्कोटा फेरि मन्त्री हुन्छन् कि भन्ने संकेत देखिएको छ । सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापनको ठेक्का सम्झौता गर्न ठेकेदारसँग कमिसन मागेको अडियो भनिए पनि उक्त विषय प्रमाणित...
फागुन १५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा चर्किएको विवादबीच अर्थमन्त्रीमा डा. युवराज खतिवडाले नै निरन्तरता पाउने सम्भावना बढेको छ। यही फागुन २० गतेदखि उनी राष्ट्रियसभाको सदस्यका रुपमा रहने छैनन्। राष्ट्रियसभामा दोहोरिने निश्‍चित नभए पनि अर्थमन्त्रीमा भने वजेट प्रस्तुत गरुन्जेलका लागि भए पनि उनै खतिवडा निरन्तर हुने भएका छन्। बिहीबार आयोजित सरकारको नियमित पत्रकार सम्मेलनमा उनले २१...
फागुन १५, भक्तपुर । ११ दिनअघि चीनबाट नेपाल ल्याएर भक्तपुरको खरीपाटीस्थित क्वारेण्टाइनमा राखिएका १ सय ७५ जना नेपालीले १४ दिनमै परिवारलाई भेट्न नपाउने भएका छन् । १४ औ दिनको दिन अन्तिम पटक स्वाब र्‍याल, खकार परीक्षण गरे पनि रिपोर्ट नआएसम्म उनीहरु घर जान नपाउने भएका हुन् । क्वारेण्टाइनमा राखिएका विमानका चालक दलका सदस्यलगायत सबैलाई हरेक दिन जाँच गरिएको...
फागुन १५, कञ्चनपुर । कञ्चनपुरमा एक दम्पती घरभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११, कलुवापुरमा ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी मृत अवस्थामा भेटिएका हुन् । मृतक दम्पती आफ्नै घरका छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हिजोदेखि नै बन्द रहेको घर बिहीबार दिउँसो दूध...
फागुन १४, काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी फागुन १५ गते बैबाहिक बन्धनमा बाधिँदैछन् । उनीहरुको विवाहको रौनक छाइसकेको छ । उनीहरुले मंगलबार मेहेन्दीको साथै संगीत कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा उनीहरुको नजिकका साथीभाइ, आफन्त र केहि फिल्मकर्मी सहभागी थिए । उक्त समारोहपछि सार्वजनिक तस्बिर र फुटेजमा विवाहको रौनक देखिन्छ ।मंगलबार मेहेन्दी समारोहमा प्रियंकाले आयुष्मानको...
फागुन १४, काठमाडौं । एकजना राज्यमन्त्रीका सल्लाहकारलाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार किशोरी बलात्कार अभियोगमा पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ५२ वर्षीय अमृतकुमार घलेलाई १४ दिन अघि पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको हो। बलात्कार अभियोगमा पक्राउ परेका घलेले शक्तिको...
फागुन १४, काठमाडौं। निजी क्षेत्रहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढ्दै गएको छ ।आगामी चैत २८ र २९ गते महासंघको वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले महासंघमा नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण शेखर गोल्छा अध्यक्ष हुनेछन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वतः अध्यक्ष हुने हुनाले यस पदमा भने तीव्र...