नायिका प्रियंका कार्कीको मेहेन्दी रौनक, फोटो हेरौं

601

फागुन १४,
काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी फागुन १५ गते बैबाहिक बन्धनमा बाधिँदैछन् । उनीहरुको विवाहको रौनक छाइसकेको छ । उनीहरुले मंगलबार मेहेन्दीको साथै संगीत कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा उनीहरुको नजिकका साथीभाइ, आफन्त र केहि फिल्मकर्मी सहभागी थिए । उक्त समारोहपछि सार्वजनिक तस्बिर र फुटेजमा विवाहको रौनक देखिन्छ ।मंगलबार मेहेन्दी समारोहमा प्रियंकाले आयुष्मानको नाम लेखाइन् भने आयुष्मानले पनि प्रियंकाको नाम आफ्नो हातमा लेखेका छन् । संगीत कार्यक्रममा पनि उनीहरु निकै उत्साहित देखिएका छन् । उनीहरुले फागुन १६ गते रिसेप्सन पार्टी राखेका छन् ।

-रमाइलोछ बाट लिएको