फेरी अर्थमन्त्रीमा युवराज खतिवडा, के होला शेयर बजारमा

330

फागुन १५,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा चर्किएको विवादबीच अर्थमन्त्रीमा डा. युवराज खतिवडाले नै निरन्तरता पाउने सम्भावना बढेको छ। यही फागुन २० गतेदखि उनी राष्ट्रियसभाको सदस्यका रुपमा रहने छैनन्। राष्ट्रियसभामा दोहोरिने निश्‍चित नभए पनि अर्थमन्त्रीमा भने वजेट प्रस्तुत गरुन्जेलका लागि भए पनि उनै खतिवडा निरन्तर हुने भएका छन्। बिहीबार आयोजित सरकारको नियमित पत्रकार सम्मेलनमा उनले २१ गते सपथ भएकाले त्यही दिन भेट हुने जानकारी पत्रकारहरुलाई दिए। ु२१ गते शपथ हुँदैछ, त्यही दिन भेटेर कुरा गरौंलाु, पत्रकारहरुलाई खतिवडाले भने। पत्रकारहरुले राष्ट्रिय सभा र अर्थमन्त्रीबारे प्रश्‍न गरेपछि उनले २१ गते सपथ हुने बताए। ुअहिले केही नभनौं, २१ गते सपथ तोकिएको छ, त्यही बेला कुरा गरौंलाु, उनले दोहोर्‍याउँदै भने। नेकपाको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित हुने कोटामा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि पार्टीको विवाद सतहमा आएको छ। यस्तोमा राष्ट्रिय सभामा फागुन २० गते म्याद सकिए पनि आगामी ६ महिनासम्म खतिवडाले नै अर्थमन्त्रालय चलाउन पाउनेछन्। यसो गरेपछि पार्टीको निर्णय र प्रधानमन्त्रीको बचन दुबैले स्थान पाउने र तत्कालको विवाद साम्य हुनसक्ने नेताहरुले आशा अनुमान गरेका छन् । यो भनेको उनले नयाँ आर्थिक वर्षको बजेट पनि ल्याउन पाउनेछन्। नेकपाले सर्वसम्मत रुपमा वामदेवलाई राष्ट्रपतिबाट मनोनित हुने कोटामा राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ। तर यो निर्णयमा पार्टीका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाउँदै खतिवडालाई नै निरन्तरता दिने जनाउ बुधबारै दिइसकेका छन्।