नयाँ नेपाल न्यूज
चैत १२,काठमाडौं । कोरोना भगाउने औषधी पत्ता लागेको छ । विश्वले नै यसको प्रयोग गरिरहेको छ । त्यो के थाहा छ ? त्यो हो संक्रमण फैलिन नदिने । हाल भन्नु पर्दा सरकारले गरेको निर्णयको पालना गर्ने, घरमा बस्ने लक डाउनलाई साथ दिने । कोरानाबाट बच्न लक डाउनमा घरै बसौं, कोराना संक्रमण आफै तपाईसग जोडिन आउदैंन । तपाई...
चैत १२,
एजेन्सी । स्पेनको एक बृद्धाश्रममा रहेका बृद्वबृद्वाहरु कोरोनाका कारण सबै एक चिहान भएको खवर सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपनि उक्त आश्रममा रहेकाहरुले उपचार नपाएर सामुहिक रुपमा ज्यान गुमाउनु परेकोस्पेनकी रक्षामन्त्री मार्गरिता रोब्लेले खुलासा गरेकी छन् ।आपतकाल लगाएर सेना उतारेको स्पेन कोरोना भाइरस संक्रमणमा इटालीपछिको दास्रो प्रभावित देश हो ।सोमबार फ्रान्सको एउटा बृद्धाश्रममा २४...
चैत ११,
काठमाडौं । अमेरिकामा बस्दै आएका एकजना नेपालीको नोभल कोरोना भाइरसका कारण मृत्यु भएको छ। कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका पुर्ख्यौली घर पाँचथर भएका रमेश (लीला) सम्वाहाङ्फेको मंगलबार मृत्यु भएको हो। पाँचथरको रानी गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्युयोर्क बस्दै आएका थिए। उनले अमेरिकामा रहेर होटल तथा ट्याक्सी व्यवसाय सञ्चालन गरिरहेका थिए।...
चैत ११,
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई नियन्त्रणमा लिएको छ ।अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जनालाई नियन्त्रणमा...
चैत ११,
बीबीसी । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ।
प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ।
चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका...
चैत १०, काठमाडौ । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६...
गोमा थापा
चैत १०, धादिङ। महामारी लगायतका विपत्को बेला सूचनाको ज्यादै महत्व हुन्छ । यस्ता सूचनाको सम्प्रेषण गर्ने संचारकर्मीहरु आफैं जोखिममा पर्ने संम्भावनामा हुन्छ । त्यसैले कोरोना भाइरस जस्ता महमारीमा रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको दृष्टिले सहज होस् भनेर स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नेपाल प्रेस यूनियन धादिङले ३० जना कृयाशिल पत्रकारहरुलाई यस्ता सामाग्री वितरण गरेको हो ।...
चैत १०,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबारे सचेतना फैलाउन टेलिभिजनमार्फत सन्देश प्रशारण गर्ने भएको छ। सोमबारदेखि एक दर्जन टेलिभिजनमार्फत ५५ सेकेन्डको सचेतनामूलक भिडियो सन्देश प्रशारण गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले तयार पारेको भिडियो एक सातासम्म टेलिभिजनमार्फत प्रशारण गरिने छ। सूचना सञ्चार तथा प्रचार विभागले यसअघि...
चैत १०,
काठमाडौँ । समाजसेवी तथा युवा नेता दिपक डोटेलले भक्तपुरको थिमीमा रहेको मध्यपुर अस्पतालमा आफ्नो शेयरबाट आउने रकम कोरोना संक्रमितको लागि सहयोग गर्ने घोषणा गरेका छन् । डोटेल नेकपा निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य समेत हुन् । रकम कोरोना संक्रमणबाट प्रभावित वा भइपरि आउने समस्याको लागि सहयोग गर्ने उनको भनाई रहेको छ । नेपालमा रहेका सरकारी...
चैत १०,
काभ्रे । काभ्रेका तीन स्थानमा कोरोना भाइसरको संक्रमणलाई रोक्न लकडाउन हुने भएको छ ।
बनेपा, धुलीखेल नगरपालिका र महाभारत गाउँपालिकामा लकडाउन हुने भएको हो ।
महाभारत गाउँपालिका प्रमुख कान्छा लाल जिम्वाले भने ‘हामीले साँझ ६ बजेदेखि नै सबै सिमा बन्द गर्ने तयारी गरेका छौं ।’ काभ्रेको डाडाँपारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका ८ वडा रहेका छन् । ‘गाउँपालिका...










