Saturday, August 1, 2026
Home Blog Page 1179
चैत १० काठमाडौं । विश्वभरि फैलिएको कोरोना भाइरस (कोविड–१९) को संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबारदेखि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीले सोमबार एक बिज्ञप्ती जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० अनुसार मंगलबार बिहान १० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ । निषेधाज्ञाको...
चैत १०, काठमाडौं । नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् । संक्रमित ती व्यक्ति नेपाली भने होइनन् । फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
चैत १०,बेइजिङ । चीनमा कोरोना संक्रमणको मामलामा पछिल्ला पाँच दिन निकै सुखद् देखिएको छ । पछिल्ला पाँच दिनमा नयाँ संक्रमितमा एक जना पनि स्थानीय नरहेको अधिकारीहरुले जनाएका छन् । केही नयाँ संक्रमित रहे पनि उनीहरु स्थानीय संक्रमण नरहेको चिनियाँ अधिकारीहरुको भनाइ छ । विदेशबाट आएकामा मात्र नयाँ संक्रमण देखिएको बताइएको छ । कोरोनाभाइरसको संक्रमण पहिलो पटक फैलिएको हुवेइमा पाँच...
चैत १०, काठमाडौं । चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । सङ्क्रमण नेपालमा भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सोमबारदेखि भारत र चीनसँगको सबै नाका बन्द गराएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सीमा नाका बन्द गराइएको हो । बैठकको निर्णयअनुसार सोमबार बिहान १० बजेदेखि भारत र चीनको...
चैत ९, काठमाडौँ — कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो। यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा...
चैत ९, काठमाडौं । पर्सा जिल्ला वीरगन्जका एक जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टी भएको छ । केही दिन अगाडी उपचार गर्न उनलाई भारत विहारको पटनास्थित अस्पतालमा लगिएको थियो । यसबारेमा थप विवरण आउन बाकीँ छ । -news24 Tv
चैत ९, काठमाडौं । गृहमन्त्रालयले भारतीय सीमा हुँदै नेपाल आउने सबै नेपालीलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने गरी व्यवस्था मिलाउन र बसे नबसेको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई आन्तरिक परिपत्र जारी गरेको छ । त्यसरी नेपाल आउने मानिसहरुलाई निगरानी गर्न नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई पनि आइतबारै निर्देशन दिएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले रातोपाटीलाई जानकारी दिए । ...
चैत ९, काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उपत्यकामा भाडामा बस्ने विद्यार्थीलाई कोरोना भाइरसले निम्त्याएको संकटको अवधिभर ५० प्रतिशत छुटको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् । यस्तै उपत्यका बाहिर घर भएका र घर जना इच्छुक...
चैत ९, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । गुजरातमा आइतबार दिउँसो एक ६७ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ७ पुगेको हो । कोरोना संक्रमित वृद्धको एक निजी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । पहिलेदेखिनै मिर्गौला र दमका रोगबाट ग्रस्त उनीमा कोरोना संक्रमण रहेको...
चैत ९, काठमाडौं। जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ । यदि सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सूचना जारी गरेको छ । प्रशासनले आइतबार रातिदेखि खाद्यान्न,...