कोरोना भगाउने औषधी पत्ता लाग्यो, विश्वलेनै यसको प्रयोग गर्दै

528

नयाँ नेपाल न्यूज
चैत १२,

काठमाडौं । कोरोना भगाउने औषधी पत्ता लागेको छ । विश्वले नै यसको प्रयोग गरिरहेको छ । त्यो के थाहा छ ? त्यो हो संक्रमण फैलिन नदिने । हाल भन्नु पर्दा सरकारले गरेको निर्णयको पालना गर्ने, घरमा बस्ने लक डाउनलाई साथ दिने । कोरानाबाट बच्न लक डाउनमा घरै बसौं, कोराना संक्रमण आफै तपाईसग जोडिन आउदैंन । तपाई कहि कतै गए मात्र हो । चीनले कोरोना संक्रमण रोकेको नै लक डाउन गरेर हो । त्यसैले हामीले नेपाल सरकारले तोतेको दिनसम्म घरमा नै बसेर संक्रमण फैलिन नदिन र आफुपनि जोगिनु पर्दछ । अरुलाई पनि जोगाउनु पर्दछ । सरकारले गरेको निर्णय नमान्दा इटाली अहिले कस्तो अवस्थामा छ । हेर्नुहोस् त । हाल विश्वका सबैले देशले संक्रमण नदिन लड डाउन गरिरहेका छन् । छिमेकी देश भारतमा त पहिलो लक डाउन पछि फेरी २१ दिन लक डाउनको समय थपिएको छ ।

आम नागरिकले के गर्ने ?

-हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्न सकिन्छ । 

-साबुन पानीले पटक–पटक हात धुने ।

-अंकमाल नगर्ने ।

-एक मिटर जति टाढा बस्ने ।

-ज्वरो–खोकी लागेको मान्छेसँग नसुत्ने ।

-झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबस्ने ।

-जंगली जनावरलाई नछुने । बिरामी घरपालुवा जनावरको पनि सम्पर्कमा नजाने ।

-भिडभाडमा नजाने ।

सर्जिकल मास्कको प्रयोग गर्ने । कपडाको मास्कले प्रदुषण मात्रै रोक्छ ।

-कोरोनाको बिरामी भेट्न जान लागेको हो भने एन–९५ मास्क नै लगाउनुपर्छ ।

-खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने चेक गर्न जाने ।

सही जानकारी लिउँ, कुतर्कका पछि नलागौं

प्रतिरोधात्मक क्षमता राम्रो छ भने त लागि नै हाल्यो भने पनि ठीक हुन्छ । कोरोना संक्रिमितलाई भेट्न जाँदा, उपचार गर्दा वा उसको सम्पर्कमा जाँदा एन–९५ भन्ने मास्क अनिवार्य छ । तर, बाटोमा हिँड्दा, सपिङ मलमा जाँदा सर्जिकल मास्क लगाए पुग्छ । कपडाको मास्कले भने पुग्दैन । १०० प्रतिशत प्रत्याभूतिका लागि एन–९५ मास्क चाहिन्छ ।