Sunday, September 27, 2026
Home समाचार अमेरिकाबासी नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु

अमेरिकाबासी नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु

215

चैत ११,
काठमाडौं । अमेरिकामा बस्दै आएका एकजना नेपालीको नोभल कोरोना भाइरसका कारण मृत्यु भएको छ। कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका पुर्ख्यौली घर पाँचथर भएका रमेश (लीला) सम्वाहाङ्फेको मंगलबार मृत्यु भएको हो। पाँचथरको रानी गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्युयोर्क बस्दै आएका थिए। उनले अमेरिकामा रहेर ह‍ोटल तथा ट्याक्सी व्यवसाय सञ्‍चालन गरिरहेका थिए। साविक रानीगाउँ-४ निवासी उनको कोरोना भाइरस संक्रमणका कारण निधन भएको जानकारी उनकी भतिजी अमृता लिम्बूले दिएकी छन्। थाहाखबरबाट