Sunday, September 27, 2026
Home राजनीति काँग्रेसले टेलिभिजनमार्फत कोरोना भाइरसबारे सचेतना फैलाउने

काँग्रेसले टेलिभिजनमार्फत कोरोना भाइरसबारे सचेतना फैलाउने

239

चैत १०,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबारे सचेतना फैलाउन टेलिभिजनमार्फत सन्देश प्रशारण गर्ने भएको छ। सोमबारदेखि एक दर्जन टेलिभिजनमार्फत ५५ सेकेन्डको सचेतनामूलक भिडियो सन्देश प्रशारण गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले तयार पारेको भिडियो एक सातासम्म टेलिभिजनमार्फत प्रशारण गरिने छ। सूचना सञ्चार तथा प्रचार विभागले यसअघि युट्युवमार्फत चार मिनेट र एक मिनेटको कोरोना भाइरसविरुद्धको सचेतना जगाउने भिडियो सार्वजनिक गरेको थियो।