दिपक डोटेलको घोषणाः कोरोना संक्रमणबाट प्रभावितलाई सहयोग गर्नेछु

258

चैत १०,
काठमाडौँ । समाजसेवी तथा युवा नेता दिपक डोटेलले भक्तपुरको थिमीमा रहेको मध्यपुर अस्पतालमा आफ्नो शेयरबाट आउने रकम कोरोना संक्रमितको लागि सहयोग गर्ने घोषणा गरेका छन् । डोटेल नेकपा निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य समेत हुन् । रकम कोरोना संक्रमणबाट प्रभावित वा भइपरि आउने समस्याको लागि सहयोग गर्ने उनको भनाई रहेको छ । नेपालमा रहेका सरकारी अस्पताल मात्र नभई नीजि लगानीमा सञ्चालनमा रहेका अस्पताल तथा मेडिकल सेन्टरहरुले समेत संकटको बेला सरकारलाई साथ दिनुपर्ने डोटेलको भनाई रहेको छ ।