चैत १६,
काठमाडौं । सरकारले ज्वरो आएका बिरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काइदिने गरेकोमा सरकारले यस्तो पाइए कारबाही गर्ने बताएको हो । ‘के सरकारी, के गैरसरकारी, के सामुदायिक सबै अस्पतालले आफ्नो दायित्व बुझ्नुपर्ने हुन्छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले भने । मन्त्रालयले...
चैत १५,
काठमाडौ । कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका छन् । तीन दिनदेखि आफूहरुले खानसमेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवाका मुन्ना नेपालीले जानकारी दिनुभयो । उनीहरुले आफूहरुलाई त्यहाँबाट उद्धार गर्न नेपाल सरकारसँग माग गरेका छन् । २१ दिनको लामो...
चैत १५,
काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित फेला परेकी छिन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।
चैत १५,
काठमाडौं । प्रसुति व्यथाले च्यापेर ज्यानै जोखिममा परेकी महिलाको नेपाली सेनाको हेलिकोप्टर उद्धार गरेर ज्यान बचाएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका (३ निवासी २२ वर्षीया सिर्जना तामाङलाई सुत्केरी व्यथा लागेपछि स्थानीय प्राथमकि स्वास्थ्य केन्द्रमा पुर्याइयो । तर त्यहाँको जनशक्तिले सक्दो प्रयास गर्दा पनि सिर्जनाले बच्चा जन्माउन सकिनन्। प्रसुति हुन नसकेर आमा र बच्चाकै ज्यान जोखिममा परेपछि...
चैत १४,
भक्तपुर । भक्तपुुर नगरपालिकाले आज साँझबाट नगरका विभिन्न स्थानका तरकारी बजार व्यवस्थित गरेको छ । तरकारी तथा अन्य दैनिक आवश्यकताका सामग्री खरिद गर्न आउने मानिस एक आपसमा निश्चित दुरी कायम नगरी किनमेल गर्दा भाइरस संक्रमणको सम्भावनालाई ध्यानमा राखी नगरपालिकाले तरकारी बजार लाग्ने स्थानहरूमा एक मिटरको दुरीमा बक्स कोरेको छ । सो क्रममा नगरपालिकाले टौमढी, गःहिटी, नासमना, दत्तात्रय,...
चैत १४,
भक्तपुर । गत मंसिरदेखि भक्तपुरमा रहेका विभिन्न स्थानमा रहेका ६२ ईटा भट्टामा कार्यरत मजदुरहरुलाई घर फर्काउने कार्य सूरु भएको छ । कोरोना संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेको आज चौथों दिन भएको छ । बिहिबाट नै मजदुरहरुलाई सम्बन्धी जिल्लामा पु¥याउन बसको व्यवस्था ईटा व्यवसायीहरुले गरेका छन् । महानगरिय प्रहरी परिसर जगातीका प्रमुख डीएसपी चक्रराज जोशीका अनुसार...
चैत १४,
काठमाडौं । विभिन्न क्षेत्रमा अलपत्र परेका व्यक्तिहरुको उद्धार गरी गन्तव्यमा पठाउने कार्य तीब्ररुपमा अघि बढेको गृह मन्त्रालयले जनाएको छ । मुलुकका विभिन्न स्थानमा अलपत्र परेको स्वदेशी र विदेशी नागरिकलाई हवाई वा स्थल सवारीसाधनबाट उद्धार गर्ने कार्य भइरहेको मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।मुस्ताङ, कास्की, सोलुखुम्बुलगायतका विभिन्न जिल्लाबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समन्वयमा हवाई...
चैत १४,
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट थप एक नेपाली संक्रमित भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा ३४ वर्षीय नेपाली पुरूषमा कोभिड १९ पोजिटिभ भेटिएको उनले बताए ।डा देवकोटाले उपत्यका बाहिर पहिलो पटक कोरोनाको संक्रमण देखिएको...
चैत १४,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन थप कडा हुने भएको छ । शुक्रबारदेखि प्रहरीले अनावश्यक ढंगले हिँडडुल गर्नेलाई ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट पक्राउ गर्न थालेको छ । शुक्रबार काठमाडौंको नयाँ वानेश्वर लगायतका स्थानबाट सोही उपकरणको सहायताले केहीलाई पक्राउ गरेको छ । मङ्गलबारदेखि एक हप्ताको लागि सरकारले लकडाउनको घोषाण गरेको । तस्बिरः...
चैत १४,
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङले वार्ता गरेका छन्। दुई देशका राष्ट्रपतिले कोरोना भाइरको रोकथामका लागि वार्ता गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन्। राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘भर्खर चीनका राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न धेर्र राम्रो प्रयास गरिरहेको छ। हामी सँगसँगै...









