Monday, September 28, 2026
Home समाज भक्तपुर नगरमा आजबाट यस्तो नियम लागू

भक्तपुर नगरमा आजबाट यस्तो नियम लागू

618

चैत १४,
भक्तपुर । भक्तपुुर नगरपालिकाले आज साँझबाट नगरका विभिन्न स्थानका तरकारी बजार व्यवस्थित गरेको छ । तरकारी तथा अन्य दैनिक आवश्यकताका सामग्री खरिद गर्न आउने मानिस एक आपसमा निश्चित दुरी कायम नगरी किनमेल गर्दा भाइरस संक्रमणको सम्भावनालाई ध्यानमा राखी नगरपालिकाले तरकारी बजार लाग्ने स्थानहरूमा एक मिटरको दुरीमा बक्स कोरेको छ । सो क्रममा नगरपालिकाले टौमढी, गःहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलबिनायकमा बजार व्यवस्थित गर्न बक्स कोरेको छ ।