कार्यालयमा ताला, हिरासतमा वडाअध्यक्ष

323

जेठ १,
सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका भएको विवादले चर्कोरूप लिएको छ । वैशाख २७ गते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, पलाँता गाउँपालिका-२ का वडा अध्यक्ष मानबहादुर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्ष विष्णु रोकायाबीच कुटाकुटको भएको घटनाले नयाँ रूप लिएको हो । पलाँता गाउँपालिका-२ को ग्रामीण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बम, वडा अध्यक्ष भण्डारी र नेकपाका गाउँपालिका अध्यक्ष रोकाया पक्षबीच झडप भएको थियो । झडपमा परी गाउँपालिका अध्यक्ष बमकी श्रीमती गोरीकला बमलगायतका घाइते भएका थिए ।

श्रीमती घाइते भएपछि गाउँपालिका अध्यक्ष बमले वडा अध्यक्ष भण्डारी र नेकपाका गाउँपालिका अध्यक्ष रोकायाविरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा मुद्दा दायर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कालिकोटले वडा अध्यक्ष भण्डारी र नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का गाउँपालिका अध्यक्ष रोकायालाई बुधबार पक्राउ गरेपछि अहिले वडा अध्यक्ष भण्डारी र रोकाया पक्षले गाउँपालिकामा तालाबन्दी गर्दै आएका छन् । -shilapatr