जेठ ५, भारतमा कोरोना संक्रमितको संख्या आकासिएको छ । गत २४ घण्टामा भारतभर ५ हजार २ सय ४२ संक्रमित थपिएका छन्। यो एक दिनमा भएको हालसम्मकै उच्च वृद्धि हो। भारतमा अहिलेसम्म ९६ हजार १ सय ६९ जनामा संक्रमण देखिएको छ। संक्रमितको संख्या एक्कासि बढेपछि लकडाउन अझै कडा पारिने अनुमान गरिएको छ। विज्ञहरूले अर्थतन्त्र ध्वस्त हुनसक्ने चेतावनी दिएपछि सरकारले...
जेठ ५
काठमाडौं । स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् ।
जेठ ५,
अमेरिका । दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उप–विजेता बनेका छन् । अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । आजको समापान शोमा टप फाइभमा पुगेका दिवेश भोटिङमार्फत टप टुमा पुगेका थिए । नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका पुगेका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि...
जेठ ५,
काठमाडौं । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका १ जनामा कोरोना पुष्टि भएको हो। रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...
जेठ ३,
काठमाडौं । धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित सङ्क्रमणलाई रोक्न उक्त गाउँ सिल गरिएको हो । सो नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ सिल...
जेठ ३,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएको छ ।शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव हालेको हो । उक्त संशोधन प्रस्ताव प्रस्तापक काँग्रेसद्वारा गठित छाया सरकारका अर्थमन्त्री मिनेन्द्र रिजाल र समर्थक सचेतक पुष्पा भुसाल र सांसद संजय गौतम रहेका छन् । सरकारले कोराना...
जेठ २,
काठमाडौं । काठमाडाडौंका मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको हो । सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ । एम्बुलेन्स, शव वाहन, औषधि तथा स्वास्थ्य सामग्री बोेकेका सवारी साधन, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने, सबै प्रकारका...
जेठ २,
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको भन्दै सरकारले त्यसलाई फिर्ता गर्नका लागि पहल थाल्ने बताएकी छन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले उक्त भूमि समेटिएको नेपालको नक्सा पनि जारी गरिने बताएकी छन् ।भारतसँग विगत लामो समयदेखि सीमा विवाद रहे पनि दार्चुलाको...
जेठ २,
काठमाडौं । काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा कोरोना भाइरसको आशंका गरिएको छ। शुक्रबार आरडिटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खडगीले थाहाखबरलाई जानकारी दिइन्। परीक्षण गरिएको १५ महिला र १६ पुरुषमा आरडिटी परीक्षणमा पोजिटिभ देखिएको खडगीले बताइन्। कोरोनाका शंकास्पद बिरामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको उनले...
जेठ २,
काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ । प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ ।गृह मन्त्रलायबाट प्राप्त निर्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने...










