मध्युपुरथिमि नगरपालिकाको पहलमा पत्रकारहरुको स्वायव परीक्षण

325

जेठ २,
भक्तपुर । सूचनाकालागि हरेक समय बाहिर हुने पत्रकारहरुलाई कोरोनाको जोखिम धेरै हुने भएकाले भक्तपुरमा स्वायव परीक्षण गरिएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संयोजनमा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा २५ जना पत्रकारहरुको कोरोना परिक्षण गरिएको हो । मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका स्वास्थ्यकर्मीहरुले स्वायव परीक्षण गरेका हुन् ।जोखिम र विपतको समयमापनि पत्रकार अगाडी रहेर सूचना संकलन गर्नु पर्ने भएकाले जोखिम हुने देखिएर परिक्षण गरिएको नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।

केही दिन अगाडी मध्यपुरथिमि नगरपालिकाका सबै जनप्रतिनिधीहरुको स्वायव परिक्षण गरिएको र रिर्पोट नेगेटिभ आएको समेत नगरप्रमुख श्रेष्ठले जानकारी दिएका छन् । बाहिर कार्यक्षेत्र भएका पत्रकारहरुलाई जोखिम धेरै भएकाले महासंघको पहलमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताए । पत्रकारहरुको स्वायव परिक्षणको नजित भने भोली साझँसम्म आउने नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले जानकारी दिएको छ ।