साउन २६,
काठमाडौं । उपत्यकामा आज एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। किस्ट अस्पताल ललितपुरमा उपचाररत एक महिलाको मृत्यु भएको छ। काभ्रे स्थायी घर भएकी ५० वर्षीया महिलाको आज बिहान १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार निमोनिया, फोक्सोमा पानी जमेको कारण उनलाई हिजो मात्रै अस्पताल भर्ना गरिएको...
साउन २६,
बाँके । कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । उनका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगञ्ज ६ का २७ वर्षीया...
साउन २६,
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको पुनर्जागरणका लागि भन्दै सात बुँदे दृष्टीकोण अगाडि सारेका छन् ।नेपाली काँग्रेसको पुनर्जागरण : मेरो दृष्टिकोणरामचन्द्र पौडेल१) पार्टीमा नवजीवन –“निमुखालाई न्याय र विपन्नलाई आय” साकार पार्न कर्मशील काँग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र काँग्रेस ।...
साउन २६,
काठमाडौं । आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ ।...
साउन २५,
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रीस्तरीय निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीलाई म्याग्दी सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा उमेश बस्नेतलाई सरुवा गरिएको छ ।दैलेखमा सन्त बहादुर सुनारलाई सरुवा गरिएको छ । यस्तै मुस्ताङको प्रजिअमा...
साउन २५,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेता नेपालले आइतबार अपराह्न ट्विट गर्दै भारतीय विदेशमन्त्रीले गौतम बुद्धको जन्मस्थानबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेको प्रचार तथ्यहीन रहेको समेत नेता नेपालको भनाई छ । https://twitter.com/ncp_madhavnepal/status/1292408305088753667
साउन २५,
पोखरा । कास्कीको पोखरा महानगरका युवाले मेयर मानबहादुर जिसीसँग १३ करोडको हिसाब मागेका छन् । आइतबार हिसाब माग्न पोखरा महानगरपालिका पुगेको युवाहरुसँग मेयर जिसीले १३ करोड नभएर पौने दुई करोडमात्र हिसाब नदेखिएको बताएका छन् । पोखरा महानगरमा यतिबेला १३ करोड रुपैयाँ हराएको काण्डले चर्चा पाएको छ । महालेखा परीक्षकको कार्यालयले उक्त रकम बेरुजु देखाएपछि महानगरमा अनियमितता भएको...
साउन २४,
वीरगञ्ज । कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र, पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड-१९ अस्पताल बनाउने निर्णय गरेको छ । समितिको शनिबार बसेको बैठकले हाल सञ्चालनमा रहेका कोभिड-१९ अस्पतालहरूमा वेड अभाव भएकाले नेसनललाई कोभिड अस्पताल बनाउन केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको हो ।बैठकले लक्ष्मण नभएका तथा सामान्य लक्षण भएका संक्रमितलाई...
साउन २४,
काठमाडौँ । सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुबीचको भेटवार्ता फेरि रोकिएको छ। साउन १४ गते बोलाइएको स्थायी कमिटी बैठक केपी शर्मा ओलीले एकपक्षीय निर्णयबाट स्थगित गरिदिएपछि चिसिएको दुई नेताबीच पार्टी वरिष्ठ नेता झलनाथ खनालले भेटघाट गराइदिएपनि फेरि सम्वादहीनता देखिएको हो। प्रधानमन्त्री समेत रहेका ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच...
साउन २४,
काठमाडौं । देशमा संक्रमित बढ्दै गएको बेला विभिन्न ७ वटा जिल्ला भने कोरोना संक्रमण मुक्त भएका छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्ला संक्रमण मुक्त भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार गत २४ घण्टामा...










