गोगंबुमा भेटिएको शवको पहिचान खुल्यो, एक जना महिला पक्राउ

339
सांकेतिक चित्र

साउन २६,
काठमाडौं । आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो । त्यसपछि शव बोहराको भएको खुलेको हो । उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने प्रहरी स्रोतले बतायो ।

मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ । प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं
ल्याउदैं गरेको स्रोतले जानकारी दिएको छ ।