कुन-कुन जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिए, हेर्नुहोस्

556

साउन २५,
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रीस्तरीय निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीलाई म्याग्दी सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा उमेश बस्नेतलाई सरुवा गरिएको छ ।

दैलेखमा सन्त बहादुर सुनारलाई सरुवा गरिएको छ । यस्तै मुस्ताङको प्रजिअमा हिरादेवी पौडेल, प्यूठानको प्रमुख जिल्ला अधिकारीमा खिमराज भुसाल र मनाङ्गमा ध्रुव गिरीलाई सरुवा गरिएको छ ।
त्यस्तै राज कुमार राईलाई जिल्ला प्रशासन कार्यालय रुकुम पुर्व सरुवा गरिएको छ ।