फेरि टुट्यो ओली–दाहाल भेटवार्ता

423

साउन २४,
काठमाडौँ । सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुबीचको भेटवार्ता फेरि रोकिएको छ। साउन १४ गते बोलाइएको स्थायी कमिटी बैठक केपी शर्मा ओलीले एकपक्षीय निर्णयबाट स्थगित गरिदिएपछि चिसिएको दुई नेताबीच पार्टी वरिष्ठ नेता झलनाथ खनालले भेटघाट गराइदिएपनि फेरि सम्वादहीनता देखिएको हो। प्रधानमन्त्री समेत रहेका ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच तत्काललाई भेटवार्ताको मिति या समय तय भएको छैन। थापाले भने, ‘प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बुधबारको वार्ता स्थगित भएपछि अहिलेसम्म भेटवार्ताका लागि कुनै समय तोकिएको छैन।’आइतबारको बैठकमा दुवै अध्यक्षले आ(आफ्नै अडानमा यथावत् रहेपनि बैठक पुनः सुरुवात भएको बताएका थिए। सोमबार केही समयमात्रै छलफल भएपनि कुनै सहमति जुट्न सकेको थिए। तर, मंगलबारको वार्तामा कुरा अन्यन्त्रै मोडिएको थियो