भदौ २,
भक्तपुर । कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि भक्तपुर नरगपालिकाले सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग मंगलबार सार्वजनिक यातायात बन्द विषयमा छलफल भएको हो । संक्रमण समुदायस्तरमा फैलिन नदिन नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु बन्द गरिने नगरप्रमुख प्रजापतिले जानकारी दिएका छन् ।
जसअनुसार...
भदौं २,
सिड्नी । शनिबारको दिन अष्ट्रेलियामा दुई नेपाली मृत अवस्थामा फेला परेका छन्। साउथ अष्ट्रेलियाको एडिलेडमा २७ बर्षीय अमित घिमिरे आफ्नै निवासको ग्यारेजमा मृत अवस्थामा फेला परेका छन्।
काठमाडौंका उनी करिब पाँच वर्षअघि अष्ट्रेलिया पुगेका थिए। उनी केहिदिन देखि सम्पर्क विहिन थिए।पछिल्लो समयमा काठमाडौंस्थित घर परिवारसँग समेत उनी सम्पर्कमा आउन छाडेका थिए। घिमिरे सामाजिक सञ्जालमा प्रख्यात ट्रोल नेपालसँग ‘सिँगाने’...
भदौ २,
युएई – अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्। आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर आरए–२२९२ रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रुहरु अलपत्र परेका हुन्। उनीहरु ५ घण्टा अघिनै एयरपोर्ट पुगेका थिए। होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि...
भदौं २,
काठमाडौं । हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा वनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ।हालको मौसमको अवस्था
देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका एक दुइ स्थानहरुमा वर्षा भएको छ।आगामी तीन दिनको मौसम पूर्वानुमानभदौं २...
भदौ २,
एजेन्सी – नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम गर्छ जुन शारीरिक र मानसिक रुपमा फाइदाजनक हुन्छ ।‘सुपर फुड’
दहीलाई सुपर फुड मानिन्छ । यसमा थुप्रै गुणहरु पाइन्छ । जुन हाम्रो शरीरका लागि...
भदौ २,
काठमाडौं । कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १०दिनसम्मलाई कर्फ्यु आदेश जारी भएको छ । सोमबार भदौ १० मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो । यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाकोे मुख्य बजारक्षेत्र र छिमेकको महोत्तरी गाउँपालिकाका वडा नं ३ र ५ मा मात्र गत साउन २१ गतेदेखि...
भदौं १,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको सुडालमा मृत अवस्था भेटिएकी महिलाको पहिचान खुलेको छ ।
चाँगुनारायण नगरपालिका–८ सुडाल स्थित मुलसाँगु खोलामा मृत अवस्थामा फेला परेकी ३२ बर्षकी काली भन्ने यसोदा सिजखु रहेको प्रहरीले जानकारी दिएको छ । सिखजु भक्तपुर नगरपालिका–६ याछे, सुकुलढोका घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं. ८ मा नवराज लामिछानेको घरमा डेरा गरी बसी ज्याला मजदुरी...
भदौ १,
बुटवल । कपिलवस्तु जिल्लामा पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । थप दुई जना घाइते भएका छन् । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं। ८ निवासी ७० वर्षीय हरिराम पासीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनामा स्थानीय ६० वर्षीया सुभावती पासी र २० वर्षका सोनु पासी घाइते भएका छन्...
भदौ १,
काठमाडौं । विद्युतीय गाडीमा भएको कर वृद्धिमा पुर्नविचार हुने भएको छ । विद्युतीय उर्जाको उत्पादन बढिरहेको अवस्थामा बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न नहुने भन्दै सरकारले सो बारे पुनर्विचार गर्ने भएको हो । सोमबार विद्युत प्राधिकरण ९एनईए०को ३५औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उर्जामन्त्री वर्षमान पुनले विद्युतीय गाडी भएको कर वृद्धिको सम्बन्धमा मन्त्रालयगत रुपमा...
भदौ १,
काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०७ पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट काठमाडौंका १ सहित ३ जनाको मृत्यु भएको छ ।उनका अनुसार...









