नाली सफा गर्ने विषयमा कुटाकुट हुदाँ १ जनाको मृत्यु

202

भदौ १,
बुटवल । कपिलवस्तु जिल्लामा पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । थप दुई जना घाइते भएका छन् । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं। ८ निवासी ७० वर्षीय हरिराम पासीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनामा स्थानीय ६० वर्षीया सुभावती पासी र २० वर्षका सोनु पासी घाइते भएका छन् ।

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको र भैरहवामा उपचार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानीको नाला सफा गर्ने विषयमा मृतक हरिराम र घाइते सोनुसँग स्थानीय २२ वर्षीय अनिल चमारको झै झगडापछि कुटाकुट भएको थियो । विवादमा ६१ वर्षीय बेकर चमार, ६४ वर्षीया चुकुनी चमार, १९ वर्षीया माया चमार, २५ वर्षीया सरिता चमार र ३० वर्षीय विजय चमार पनि संलग्न भइ पासी परिवारलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीेले नियन्त्रणमा लिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -ratoapti