कोरोनाको असरः अष्ट्रेलियामा दुई नेपाली विद्यार्थी गरे आत्महत्या

298

भदौं २,
सिड्नी । शनिबारको दिन अष्ट्रेलियामा दुई नेपाली मृत अवस्थामा फेला परेका छन्। साउथ अष्ट्रेलियाको एडिलेडमा २७ बर्षीय अमित घिमिरे आफ्नै निवासको ग्यारेजमा मृत अवस्थामा फेला परेका छन्।
काठमाडौंका उनी करिब पाँच वर्षअघि अष्ट्रेलिया पुगेका थिए। उनी केहिदिन देखि सम्पर्क विहिन थिए।

पछिल्लो समयमा काठमाडौंस्थित घर परिवारसँग समेत उनी सम्पर्कमा आउन छाडेका थिए। घिमिरे सामाजिक सञ्जालमा प्रख्यात ट्रोल नेपालसँग ‘सिँगाने’ नामबाट आबद्ध रहेको बताइएको छ।
नजिकका साथी भाईहरूका अनुसार घिमिरे आर्थिक र मानसिक समस्यामा समेत रुमलिँदै गएका थिए। उनी निवासमै मृत अवस्थामा फेला परेका हुन। उनको शवलाई नेपाल पठाउँने तयारी भइरहेको छ। यस्तै, अष्ट्रेलियाको सिड्नीमा थापा थरका एक रुपन्देहीका युवकको शव फेला परेको छ।

लकडाउनका बीच आर्थिक समस्यामा परेका ती युवकले साथीभाईसँग पैसा सापटी मागेका थिए। नतिरेपछि पैसा दिने साथीहरुले सामाजिक सञ्जालमा उनको बारे अपमानजनक पोष्ट गरेका थिए। पैसा तिर्न नसकेका ती युवकले सिड्नीको टेम्पे पार्कमा एक रुखमा गएर मृत्युवरण गरेको बताइएको छ। -dainikonline