संघीय संसदको लोगो फिर्ता

247

भदौ ३,
काठमाडौं । संघीय संसद सचिवालयले हालै तयार गरिएको संघीय संसदको लोगोमा साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । लोगोमा रहेको नेपालको नक्सा लगायतका विषय परिमार्जन गरी उपलव्ध गराउने प्रतिवद्धता घरेलु तथा साना उद्योग कार्यालय ललितपुरले जनाएपछि फिर्ता गरिएको सचिवालयले जनाएको छ । संघीय संसद्का दुवै सदनका सदस्यहरूका लागि भन्दै ३ सय ५० लोगोहरू निर्माण गरिएका थिए । तर नयाँ लोगो भद्दा र नेपालको नक्सा नै गलत छापिएपछि सांसदहरूले नै आपत्ति जनाएका थिए । उक्त लोगो वागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको थियो ।