आज १ हजार १६ जना कोरोना संक्रमित थपिए, भक्तपुरमा १७ जना

123
सांकेतिक तस्विर

भदौ २,
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा बितेको २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।