छलफल गर्न तयार छु: देउवा

69

कार्तिक १७,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागबारे छलफल गर्न सोमबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकमा देउवाले भने, ‘मैले विभाग बनाइसकेँ, अरु विषयमा कुरा गर्न तयार छु ।’पौडेल समूहले विभाग गठन, क्रियाशील सदस्यता, समाजयोजनबारे २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित १२ असोजमा पार्टीमा १६ बुँदे विरोधपत्र बुझाएको थियो । १९ असोजको केन्द्रीय कार्यसमिति बैठक अघि त्यसबारे छलफल गर्न १७ असोजमा बैठक बसेको थियो । तर अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसको सबै बैठक विथोलियो । २१ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका देउवाले त्यही छलफलको निरन्तरताका रुपमा सोमबार नेताहरुसँग छलफल गरेका हुन् ।

बैठकको सुरुमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुलाई दिइएको क्रियाशील सदस्यताबारे धारणा राखेका थिए । विधानको व्यवस्थाअनुसार नै केन्द्रीय कार्यसमितिले क्रियाशील दिइएको उनको दाबी थियो । तर नेता महेश आचार्यले त्यसको विरोध गरे । सम्बन्धित तहबाट क्रियाशील माग भएपछि केन्द्रीय समितिले दिने व्यवस्था रहेको भन्दै उनले अहिले तलबाट माग हुनुपर्ने प्रक्रिया पूरा नभएको बताए । देउवाले चार वर्षसम्म बनाएका विभागहरु १४ औं महाधिवेशनको मिति तय भइसकेपछि गठन गरेका छन् । यो विधान विपरीत भएकाले खारेज गर्नुपर्ने पौडेल समूहको माग छ ।